कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकप २०१८: ईपीएल र टोटनहमको कमाल

काठमाडौँ — अब चाँडै हामीसँग हुनेछ, विश्वकप विजेता टिम । त्यस अगाडि सेमिफाइनल पुगेको चार टिमको आधारमा विजेताको एउटा अर्को विश्लेषण पनि त गर्न सकिन्छ । त्यसअनुसार सेमिफाइनल खेल्न चार टिममा सबैभन्दा बढी नौ खेलाडी टोटनहमका रहेछन् । त्यसपछि म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सीका सात/सात खेलाडी ।

विश्वकप २०१८: ईपीएल र टोटनहमको कमाल

लिभरपुल, बार्सिलोना, पीएसजी र मोनाकोका चार/चार खेलाडी सेमिफाइनल पुगेको टिममा थिए । अनि लिगको आधारमा विजेता रह्यो, ईपीएल, अर्थात् इंग्लिस प्रिमियर लिग । सेमिफाइनल पुगेका टिममा यो लिग खेल्ने ४१ खेलाडी रहे । त्यसयता स्पेनको ला लिगा र फ्रान्सको लिग–वान खेल्ने १२/१२ खेलाडी । इंग्ल्यान्ड र त्यहाँको फुटबलका लागि यसपल्टको विश्वकप साँच्चै सम्झनालायक रह्यो ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?