कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

फेनिक्स ल्याउँदै मोजिल्ला

हेलो टेक

काठमाडौँ — चर्चित ब्राउजर मोजिल्लाले आफ्नो नयाँ ब्राउजर सार्वजनिक गर्ने भएको छ । विशेषत: प्रविधिमा रुचि राख्ने समूहलाई लक्षित गरी सार्वजनिक गर्न लागिएको यो ब्राउजरको नाम फेनिक्स हुनेछ ।

फेनिक्स ल्याउँदै मोजिल्ला

साथै, यो किशोरावस्थाका प्रयोगकर्तालाई लक्षित गरी सुरु गर्न लागिएको हो । यो सुरुवाती समयमा एन्ड्रोइड डिभाइसका लागि मात्रै उपलब्ध हुनेछ । अहिले एन्ड्रोइड डिभाइसमा मोजिल्ला १० करोड बढी पटक डाउनलोड भएको छ ।


फेनिक्सलाई विशेषत: गुगल क्रोमको प्रतिस्पर्धी बनाउने कम्पनीको योजना छ । अहिले पनि गुगलले आफ्नो केही फिचरहरू क्रोममा मात्रै उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?