१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आइप्याडमा फोटोसप

हेलो टेक

काठमाडौँ — फोटोसप निर्माण कम्पनी एडोभ सिस्टमले आफ्नो सेवालाई आइप्याडमा पनि उपलब्ध गराउने भएको छ । कम्पनीले यही अक्टोबरमा आइप्याडमा उपलब्ध हुने फोटोसप सार्वजनिक गर्ने तयारी गरेको प्रकाशित समाचारहरूमा जनाइएको छ । आगामी वर्षदेखि मात्रै फोटोसप आइप्याडमा उपलब्ध हुनेछ ।

आइप्याडमा फोटोसप

एडोभले पछिल्लो समय आफ्नो उत्पादनलाई सबै डिभाइसमा उपलब्ध योजनाअन्तर्गत काम गरिरहेको छ । यसले फोटोसपलाई मोबाइड डिभाइसमा पनि उपलब्ध प्रयास गरिरहेको जनाएको छ । एडोभका चिफ प्रडक्ट अफिसर स्कट बेल्स्कीले आफ्नो कम्पनीले सबै डिभाइसमा सेवा विस्तार गर्ने योजना बनाएको बताए पनि कहिलेदेखि यो सेवा उपलब्ध हुन्छ भन्ने खुलाएका छैनन् ।

अहिले कम्पनीले आइफोन र आइप्याडका लागि फोटोसप मिक्स नामक एप उपलब्ध गराउँदै आएको भए पनि आगामी दिनमा सार्वजनिक हुने एप भने फोटोसप जस्तै पूर्ण भर्सनको हुनेछ ।

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?