३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्काइपमा कल रेकर्डिङ फिचर

हेलो टेक

काठमाडौँ — माइक्रोसफ्टको स्वामित्व रहेको एप्लिकेसन स्काइपमा नयाँ फिचर आउने भएको छ । माइक्रोसफ्टले अबको केही सातामै आफ्नो एपमा कल रेकर्ड फिचर राख्ने भएको हो । यो सेवा क्लाउड बेस हुने भएकाले रेकर्ड गरिएको कल जुनसुकै डिभाइसबाट पनि पहुँच गर्न सकिने कम्पनीले जनाएको छ ।

स्काइपमा कल रेकर्डिङ फिचर

कल रेकर्डमा भिडियोसहित भिडियो कुराकानीका क्रममा गरिएको स्क्रिन सेयरिङको पनि रेकर्ड उपलब्ध गराउनेछ । यो सेवा एन्ड्रोइड, आईओएस, विन्डो, म्याकजस्ता सबै डिभाइसमा उपलब्ध हुनेछ ।


कल रेकर्ड प्रयोग गर्दा अर्को पक्षलाई कल रेकर्ड भइरहेको जानकारी हुने कम्पनीले जनाएको छ । स्काइपले यो सेवा सुरु गरेपछि प्रयोगकर्तालाई स्काइपमा हुने कुराकानी रेकर्डका लागि अन्य थर्ड पार्टी एपको प्रयोग गर्न आवश्यक हुने छैन ।

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?