हेलो शुक्रबार

Hello-sukrabar

बायोपिक लहर

यतिबेला मिलन चाम्स निर्देशित फिल्म बोबी राम्रै दर्शकको साथ पाएर चलिरहेको छ । यसमा एउटा भुइँमान्छे जोडीको कथा समेटिएको छ । आम रूपमा नचिनिएका उमेश थापा र कविता गुरुङको प्रेम, विवाह र संघर्ष समेटिएको बोबीलाई निर्देशक चाम्स बायोपिक भन्न रुचाउँछन् । त्यसो त केही अघि उनै चाम्सले दृष्टिविहीन सृष्टि केसीको जीवनीलाई नै उतारेर बनाएको ब्लाइन्ड रक्स पनि आएको थियो । त्यो फिल्म भने खासै चलेन ।

बायोपिक लहर

ह्वाट्सएपमा फरवार्ड लिमिट

मोबाइल म्यासेजिङ एपले गलत जानकारीहरू छिटोछिटो फैलिने समस्या रोक्न भारतका लागि मात्रै नयाँ फिचर सार्वजनिक गरेको छ । भारतमा ह्वाट्सएपमार्फत गलत जानकारीहरू सेयर हुने र यसले मानिसको ज्यानै लिनेसम्मका घटनाहरू दोहोरिन थालेपछि कम्पनीले म्यासेज फरवार्ड गर्ने सुविधालाई सीमित पार्न खोजेको हो ।

ह्वाट्सएपमा फरवार्ड लिमिट

गुगलको बेलुनबाट इन्टरनेट

गुगलको सहायक कम्पनी लुनले केही वर्षयता बेलुनमार्फत इन्टरनेट प्रवाहका लागि परीक्षण गरिरहेको थियो । अब भने केन्यामा बेलुनमार्फत व्यावसायिक रूपमा इन्टरनेट वितरण गरिने गुगलले जनाएको छ । गुगलका अनुसार यसको सहायक कम्पनी लुनले टेलकम केन्यासँगको सहकार्यमा दुर्गम क्षेत्रमा इन्टरनेट वितरण गर्नेछ ।

गुगलको बेलुनबाट इन्टरनेट

इन्स्टाग्राममा ‘एक्टिभ साइन’

फेसबुकको म्यासेन्जरमा को अनलाइन छन् भन्ने थाहा पाउने छेउमा देखाइने ग्रिन सिग्नल हेरे पुग्छ । अब फेसबुक स्वामित्वको इन्स्टाग्रामले पनि यही फिचर सुरु गर्ने भएको छ । केही समयमा नै प्रयोगकर्ताले इन्स्टाग्राममा को एक्टिभ छ, छैन भनेर यसैगरी थाहा पाउन सक्नेछन् ।

इन्स्टाग्राममा ‘एक्टिभ साइन’

कैंचीको कमाइ

यसैपालि कक्षा १२ को परीक्षा दिएकी सिन्धुपाल्चोककी प्रतीक्षा तामाङ कपाल काट्ने काममा व्यस्त हुन थालेकी छन् । ‘बिहान कलेज जान्थें, दिउँसो पार्लर सिक्थें,’ अचेल दाह्री र कपाल काट्ने तालिम लिइरहेकी १८ वर्षीया उनले भनिन्, ‘अहिले तालिम लिँदै गोल्फुटारमा बिहान–बेलुका काम पनि गरिरहेकी छु ।’

कैंचीको कमाइ

अन्योलमा एन्ड्रोइड

स्मार्टफोन कम्पनीहरुलाई एन्ड्रोइड नि:शुल्क प्रयोग गर्न दिएर आफ्नो एपलाई पहिलो रोजाइमा राख्न लगाएको भन्दै ईयूले गत साता गुगललाई ५ अर्ब १० करोड डलर जरिवाना गर्ने निर्णय गर्‍यो । एन्ड्रोइडको पछिल्लो भर्सन ओरियो प्रयोग गर्नेको संख्या पनि कुल प्रयोगकर्ताको करिब ५ प्रतिशत हाराहारीमा मात्रै छ ।

अन्योलमा एन्ड्रोइड

म्याकाट्र्नीको उस्तै फूर्ति

पउल म्याकाट्र्नीको एउटा निकै राम्रो बानी के हो भने उनी नयाँ पुस्ताको संगीतलाई नराम्रो मान्दैनन्, गाली गर्ने त परको कुरा । उनका समकालीन पुस्ता अहिलेको संगीत भनेपछि नाक खुम्च्याउने खालका छन् । उनीहरूलाई लाग्छ, ओहो, यो नयाँ पुस्ताले कस्तो पो संगीत बनाइरहेको छ । काम छैन यसको । म्याकाट्र्नी बरू यही सोचलाई काम नलाग्ने भन्छन् । उनी भन्छन्, ‘मैले नयाँ नयाँ गीत सुन्न छाडेको छैन ।’

म्याकाट्र्नीको उस्तै फूर्ति

दुई अभागीको कथा

होस्टेलमा बसेर सात कक्षा पढ्दै गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एक दिन आमाले नेपाली फिल्म हेर्न जाऊ भनिन् । आमाले अंग्रेजी, कोरियन फिल्मकी फ्यान साम्राज्ञीले नाक खुम्च्याएको चाल पाएपछि फिल्म राम्रो भएको भन्दै बल गरेरै लगिन् । फिल्म थियो आर्यन सिग्देलको डेब्यु मेरो एउटा साथी छ । साम्राज्ञीले उक्त फिल्मको सक्कली कोरियन फिल्म यति धेरै हेरेकी थिइन् कि त्यसको सबै कुरा थाहा थियो । तैपनि उनलाई नेपाली पनि मन परेछ ।

दुई अभागीको कथा
श्रावण ४, २०७५

ग्रिजमन पुस्ता

विश्वकप च्याम्पियन भएको टिमलाई फ्रान्सेली फुटबलको अर्को एउटा स्वर्णिम टिम मानिएको छ । मिसेल प्लाटिनी र जिनेदिन जिदानको टिमपछि यसलाई एन्टोइन ग्रिजमन पुस्ता मानिएको छ । युवा टिम भएकाले ग्रिजमन पुस्तालाई थप सफलता हात पार्ने अवसर पनि छ । मस्कोबाट राजु घिसिङ लेख्छन् :

ग्रिजमन पुस्ता

स्वतन्त्र प्रयास

बन्न त तीन करोडसम्मका फिल्म बन्न थालेका छन् तर अहिले नेपाली फिल्मको औसत बजेटचाहिँ एक करोड हो । निर्माताहरूका अनुसार प्रि–प्रोडक्सनदेखि रिलिजसम्म आइपुग्दा सालाखाला यति खर्च हुन्छ नै । शुक्रबारबाट ‘चक्कर’ नामक फिल्म प्रदर्शन भएको छ, यसको लगानीचाहिँ जम्माजम्मी १८ लाख रुपैयाँ हो ।

स्वतन्त्र प्रयास

विन्डोज टेनमा स्वीफ्ट की

माइक्रोसफ्टले एन्ड्रोइड र आईओएस डिभाइसमा जस्तै विन्डोज टेन प्रयोग हुने कम्प्युटरमा पनि स्वीफ्ट की फिचर सुरु गर्ने भएको छ । छिटो र अटो करेक्टसहितको टाइपका लागि प्रयोगकर्ताले स्वीफ्ट की रुचाउने गरेका छन् ।

विन्डोज टेनमा स्वीफ्ट की

स्काइपमा कल रेकर्डिङ फिचर

माइक्रोसफ्टको स्वामित्व रहेको एप्लिकेसन स्काइपमा नयाँ फिचर आउने भएको छ । माइक्रोसफ्टले अबको केही सातामै आफ्नो एपमा कल रेकर्ड फिचर राख्ने भएको हो । यो सेवा क्लाउड बेस हुने भएकाले रेकर्ड गरिएको कल जुनसुकै डिभाइसबाट पनि पहुँच गर्न सकिने कम्पनीले जनाएको छ ।

स्काइपमा कल रेकर्डिङ फिचर

आइप्याडमा फोटोसप

फोटोसप निर्माण कम्पनी एडोभ सिस्टमले आफ्नो सेवालाई आइप्याडमा पनि उपलब्ध गराउने भएको छ । कम्पनीले यही अक्टोबरमा आइप्याडमा उपलब्ध हुने फोटोसप सार्वजनिक गर्ने तयारी गरेको प्रकाशित समाचारहरूमा जनाइएको छ । आगामी वर्षदेखि मात्रै फोटोसप आइप्याडमा उपलब्ध हुनेछ ।

आइप्याडमा फोटोसप

नयाँ क्षेत्र

व्यावसायिक सीप र तालिममा सरकारी क्षेत्रबाट मात्रै वार्षिक १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । दाताको ऋण र अनुदानमा समेत सरकारले तालिम प्रदान गर्ने विभिन्न प्रोजेक्ट सञ्चालन गरिरहेका छन् । यी प्रोजेक्ट म्यानेजर भने आफ्नो योग्यता र क्षमताभन्दा पनि भनसुनको आधारमा नियुक्ति भइरहेका छन् । यस्ता संस्थाको नेतृत्व प्रशासनिक व्यक्तिले गरिरहेका छन् ।

नयाँ क्षेत्र

भर्चुअल मैदान

ई–स्पोर्ट्स अर्थात् इलेक्ट्रोनिक स्पोर्ट्स । विद्युतीय माध्यममा खेलिने खेलकुद गतिविधिले विश्वभर द्रुत गतिमा प्रभाव जमाइरहँदा नेपाल पनि अछुतो छैन । तर नेपालले विश्व बजारमा आफूलाई प्रतिस्पर्धामा उतार्न भने धेरै मिहिनेत गर्नुपर्ने अवस्था छ । विश्वका ठूला राष्ट्रको कुल गार्हस्थ उत्पादनमै स्थान बनाइसकेको ई–स्पोर्ट्स नेपालमा भने मनोरञ्जनको माध्यम बन्नलाई संघर्ष गरिरहेको वर्तमान परिस्थिति छ ।

भर्चुअल मैदान

‘भूगर्भविद्’ का संसार

पछिल्लो समय जियोलोजी लिएर पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । त्यसमा पनि भूकम्पपछि जियोलोजी सबैको चासोको विषय बन्न पुग्यो । यही विषयको अध्ययन र काम गरिरहेकाहरुको अनुभव :

‘भूगर्भविद्’ का संसार