म्याकाट्र्नीको उस्तै फूर्ति

कान्तिपुर संवाददाता

काठमाडौँ — पउल म्याकाट्र्नीको एउटा निकै राम्रो बानी के हो भने उनी नयाँ पुस्ताको संगीतलाई नराम्रो मान्दैनन्, गाली गर्ने त परको कुरा । उनका समकालीन पुस्ता अहिलेको संगीत भनेपछि नाक खुम्च्याउने खालका छन् । उनीहरूलाई लाग्छ, ओहो, यो नयाँ पुस्ताले कस्तो पो संगीत बनाइरहेको छ । काम छैन यसको । म्याकाट्र्नी बरू यही सोचलाई काम नलाग्ने भन्छन् । उनी भन्छन्, ‘मैले नयाँ नयाँ गीत सुन्न छाडेको छैन ।’

म्याकाट्र्नीको उस्तै फूर्ति

र, उनकै भाषामा यी नयाँ गीत राम्रा पनि छन् । ‘मेरो पुस्तालाई लाग्दो हो, अहिलेको संगीत ठीक छैन, तर एउटा तथ्य राम्रोसँग के सम्झिनु ठीक हुन्छ भने हाम्रा बुबाआमाले पनि हाम्रो समयको संगीत ठीक छैन भन्ने गर्थे नि । यो क्रम चलिरहनेछ,’ उनी भन्छन् । हुन पनि, सुरुका दिनमा उनी र उनका विटल्सका गीतलाई गाली गर्ने पनि त थिए होलान् । यो त निरन्तर चलिरहने खेल हो ।
यो सबै चर्चा किन पनि भन्दा म्याकाट्र्नीको पुस्ताका कतिपय संगीतकर्मीले घोषित अघोषित सन्यास लिइसके, त्यसो नगरे पनि उनीहरूमा फेरि नयाँ गीत गर्ने जोस नै छैन । यसमा पनि यी सर पउल म्याकाट्र्नी अपवाद छन् । उनी लगातार संगीत भरिरहेका छन्, गीत लेखिरहेका छन् र त्यसलाई गाउने काम पनि जारी राखेका छन् । खासमा यी लिभरपुलका बूढो ‘ठिटो’ निकै फूर्तिला छन् ।


उनी भर्खर ७६ वर्षका भए । संन्यास कहींकतै छैन । उनी प्राय: ८५ वर्षीय लिजेन्ड विल्ली नेल्सनबारे पनि कुरा गर्ने गर्छन् । यी नेल्सन पनि अझै सक्रिय छन् । एकपल्ट म्याकाट्र्नीले नेल्सनलाई संन्यासबारे सोधेछन्, ‘बूढो’ ले जवाफ फर्काएछन्, ‘के हो यो संन्यास भनेको ?’ अचेल म्याकाट्र्नी आपैंm पनि भन्ने गरेका छन्, ‘साँच्चै के हो यो संन्यास भनेको ?’
यो बिटल्स जमानाको कुरा होइन, बिटल्स टुक्रिएको पनि धेरै वर्ष भइसकेको छ । तर उनी अहिले पनि साँच्चै उत्तिकै सक्रिय छन् । हालै मात्र उनले दुई नयाँ गीत ल्याएका छन्, ‘आई डन्ट नो’ र ‘कम अन टु मी’ । र, त्योभन्दा पनि ठूलो सेप्टेम्बर ७ आउनुपर्छ, उनको नयाँ एल्बम सार्वजनिक हुँदै छ र यसको नाम पनि जुरिसकेको छ, ‘इजिप्ट स्टेसन’ ।


पछिल्लो पाँच वर्ष उनी केही हदसम्म मिडियासँग टाढा जस्तै रहे, तर अहिले यही नयाँ एल्बमको निहुँमा धमाधम पत्रकारसँग दोस्ती पनि बढाएका छन् । त्यति मात्र होइन, उनी नयाँ एल्बम निस्केयता टुरमा निस्कने कार्यक्रम पनि बनाइरहेका छन् । उनलाई निकै मन पर्ने भनेको लाइभ–सो पनि हो, दर्शक अगाडि प्रत्यक्ष गाउने । यसको अर्थ के भने उनी नयाँ गीत मात्र बनाइरहेका छैनन्, त्यसलाई सबैसामु गाउने मुडमा पनि छन् ।


विश्वास नहुन सक्छ, बिटल्सका सक्रिय दिन टुंगेको पनि झन्डै आधा दशक भइसकेको छ । बिटल्सका गीत अझै उस्तै मीठो लाग्छ, अहिले सुन्दा पनि । कालजयी गीतहरू छन्, बिटल्सका । अहिले म्याकाट्र्नीका यी दुई नयाँ गीत ‘आई डन्ट नो’ र ‘कम अन टु मी’ सुन्नुपर्छ, ती बिटल्सका पुराना गीत फेरि ताजा हुनेछ, मनमा । प्रतीक्षा गरौं, सेप्टेम्बर ७ अनि ‘इजिप्ट सेप्टेम्बर’ को ।
–हिमेश

प्रकाशित : श्रावण ११, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?