२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१
हेलो शुक्रबार

Hello-sukrabar

हिलमान्डु

बसन्तपुर दरबार क्षेत्रबाट बिहान निस्कँदै ठूलो वर्षात् भइरहेको थियो । तैपनि साउनको पानीमा रुझ्दै ४५ मिनेटमा २३ किलोमिटर पार गरेर धुलिखेल पुगियो । गन्तव्य थियो– हिमालयन मोटरल्यान्ड, जहाँ बाइक रेसिङ प्रतियोगिता क्रसमान्डु नेसनल च्याम्पियनसिप भइरहेको थियो ।

हिलमान्डु

‘सोसल सेप्टेम्बर’

घरमा खान बस्दा होस् वा अफिसको बैठक । हाम्रो हातको स्मार्टफोन स्क्रिन सधैं अन हुन्छ । जति बेला पनि मोबाइल चलाउने बानीले हाम्रो धेरै समय खेर गइरहेको छ । हामीलाई मोबाइलमा कैद गर्न बाध्य पार्नेमा सोसल मिडिया प्रमुख कारक हुन् । सोसल मिडियाका नोटिफिकेसन, अपडेट, अरूका फोटो र भिडियो हेरेर हाम्रो महत्त्वपूर्ण समय खेर गइरहेको त छ नै, आफू नजिकका व्यक्तिसँग घुलमिल हुने हाम्रो बानीलाई पनि यसले प्रभाव पारेको छ ।

‘सोसल सेप्टेम्बर’

भ्रष्टाचार रोक्न ‘कोड ब्लक’

बन्द कोठामा इन्जिनियरिङका विद्यार्थीलाई सात समूहमा विभाजन गरी राखिएको थियो । प्रत्येक समूहमा ३ जना सम्मिलित थिए । उनीहरूले ४८ घण्टाभित्र आ–आफ्ना प्रतिभा देखाउनुपर्ने थियो । उनीहरूलाई खाने र सुत्ने व्यवस्था पनि त्यही कोठामा गरिएको थियो । केहीले रोबोट बनाए । केहीले स्मार्ट सिटीको डिजाइन गरे ।

भ्रष्टाचार रोक्न ‘कोड ब्लक’

प्रमोदको प्रतीक्षा

‘उमा’ मा माओवादी छापामार छँदा प्रमोद अग्रहरिलाई नेपाली फिल्ममा आफ्नो भविष्य अन्योल लाग्थ्यो । नलागोस् कसरी, त्यस अगाडि उनले मधेसी चरित्रले मुख्य भूमिकामा खेलेको फिल्म हेरेका थिएनन् । मधेसी चरित्रलाई सधैं हँसिमजाक बनाइन्थ्यो, चटपटे र पान बेच्ने टाइपका भूमिकामा सीमित पारिन्थ्यो । भाषा र लवज बिगारेर बोल्न लगाइन्थ्यो ।

प्रमोदको प्रतीक्षा

युट्युबमा ‘डार्क थिम’

युट्युबले आफ्नो एन्ड्रोइड एपमा पनि डार्क थिम फिचर सुरु गरेको छ । युट्युबले औपचारिक जानकारी नदिए पनि केही प्रयोगकर्ताले डार्क थिमको फिचर भेटेको प्रकाशित समाचारमा उल्लेख छ । युट्युबको आईओएस एपमा यो फिचर पहिला नै थियो ।

युट्युबमा ‘डार्क थिम’

ग्यालेक्सी नोट नाइन आउँदै

सामसुङले अगस्ट ९ मा सार्वजनिक गर्न लागेको आफ्नो नोट सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको भिडियो टिजर सार्वजनिक गरी यसको विशेषताबारे केही तथ्यहरू सार्वजनिक गरेको छ ।

ग्यालेक्सी नोट नाइन आउँदै

एप स्टोरमा अपडेट

एप्पलले डिजाइनमा परिवर्तन गर्दै आफ्नो एप स्टोर अपडेट गरेको छ । अपडेट गरिएको एप स्टोरको स्वरूप गुगलको प्ले–स्टोरजस्तै छ । यसमा प्रयोगकर्ताले ट्ेरन्डिङ सर्चसहित आवाजबाट पनि एप सर्च गर्न सक्ने सुविधा पाउनेछन् ।

एप स्टोरमा अपडेट

‘फुटबल मम’

उफ, समय कति चाँडै बित्छ, थाहै हुन्न । त्यसैले भनिन्छ, ‘समय उड्छ त’ । धेरैका लागि म्याडोनाले हिजै जस्तो लाग्न सक्छ, ‘लाइक अ भर्जिन’ गाएकी । यो त यी अमेरिकी गायिकाको सबैभन्दा मन पराइएको गीत हो ।

‘फुटबल मम’

सनसनीपूर्ण पाँच सरुवा

युरोपेली क्लब फुटबलको सिजन सकिँदा रुसमा विश्वकप सुरु भइसकेको थिएन । तर, सिजन सकिएलगत्तै युरोपका क्लबहरू नयाँ खेलाडी भित्र्याउन अघि सरेका थिए । विश्वकपलगत्तै क्रिस्टियानो रोनाल्डोले म्याड्रिड छाडे । इटालीका गोलकिपर जियानलुइजी बुफोन पहिलोपल्ट देश बाहिर गए ।

सनसनीपूर्ण पाँच सरुवा
श्रावण ११, २०७५

बायोपिक लहर

यतिबेला मिलन चाम्स निर्देशित फिल्म बोबी राम्रै दर्शकको साथ पाएर चलिरहेको छ । यसमा एउटा भुइँमान्छे जोडीको कथा समेटिएको छ । आम रूपमा नचिनिएका उमेश थापा र कविता गुरुङको प्रेम, विवाह र संघर्ष समेटिएको बोबीलाई निर्देशक चाम्स बायोपिक भन्न रुचाउँछन् । त्यसो त केही अघि उनै चाम्सले दृष्टिविहीन सृष्टि केसीको जीवनीलाई नै उतारेर बनाएको ब्लाइन्ड रक्स पनि आएको थियो । त्यो फिल्म भने खासै चलेन ।

बायोपिक लहर

ह्वाट्सएपमा फरवार्ड लिमिट

मोबाइल म्यासेजिङ एपले गलत जानकारीहरू छिटोछिटो फैलिने समस्या रोक्न भारतका लागि मात्रै नयाँ फिचर सार्वजनिक गरेको छ । भारतमा ह्वाट्सएपमार्फत गलत जानकारीहरू सेयर हुने र यसले मानिसको ज्यानै लिनेसम्मका घटनाहरू दोहोरिन थालेपछि कम्पनीले म्यासेज फरवार्ड गर्ने सुविधालाई सीमित पार्न खोजेको हो ।

ह्वाट्सएपमा फरवार्ड लिमिट

गुगलको बेलुनबाट इन्टरनेट

गुगलको सहायक कम्पनी लुनले केही वर्षयता बेलुनमार्फत इन्टरनेट प्रवाहका लागि परीक्षण गरिरहेको थियो । अब भने केन्यामा बेलुनमार्फत व्यावसायिक रूपमा इन्टरनेट वितरण गरिने गुगलले जनाएको छ । गुगलका अनुसार यसको सहायक कम्पनी लुनले टेलकम केन्यासँगको सहकार्यमा दुर्गम क्षेत्रमा इन्टरनेट वितरण गर्नेछ ।

गुगलको बेलुनबाट इन्टरनेट

इन्स्टाग्राममा ‘एक्टिभ साइन’

फेसबुकको म्यासेन्जरमा को अनलाइन छन् भन्ने थाहा पाउने छेउमा देखाइने ग्रिन सिग्नल हेरे पुग्छ । अब फेसबुक स्वामित्वको इन्स्टाग्रामले पनि यही फिचर सुरु गर्ने भएको छ । केही समयमा नै प्रयोगकर्ताले इन्स्टाग्राममा को एक्टिभ छ, छैन भनेर यसैगरी थाहा पाउन सक्नेछन् ।

इन्स्टाग्राममा ‘एक्टिभ साइन’

कैंचीको कमाइ

यसैपालि कक्षा १२ को परीक्षा दिएकी सिन्धुपाल्चोककी प्रतीक्षा तामाङ कपाल काट्ने काममा व्यस्त हुन थालेकी छन् । ‘बिहान कलेज जान्थें, दिउँसो पार्लर सिक्थें,’ अचेल दाह्री र कपाल काट्ने तालिम लिइरहेकी १८ वर्षीया उनले भनिन्, ‘अहिले तालिम लिँदै गोल्फुटारमा बिहान–बेलुका काम पनि गरिरहेकी छु ।’

कैंचीको कमाइ

अन्योलमा एन्ड्रोइड

स्मार्टफोन कम्पनीहरुलाई एन्ड्रोइड नि:शुल्क प्रयोग गर्न दिएर आफ्नो एपलाई पहिलो रोजाइमा राख्न लगाएको भन्दै ईयूले गत साता गुगललाई ५ अर्ब १० करोड डलर जरिवाना गर्ने निर्णय गर्‍यो । एन्ड्रोइडको पछिल्लो भर्सन ओरियो प्रयोग गर्नेको संख्या पनि कुल प्रयोगकर्ताको करिब ५ प्रतिशत हाराहारीमा मात्रै छ ।

अन्योलमा एन्ड्रोइड

म्याकाट्र्नीको उस्तै फूर्ति

पउल म्याकाट्र्नीको एउटा निकै राम्रो बानी के हो भने उनी नयाँ पुस्ताको संगीतलाई नराम्रो मान्दैनन्, गाली गर्ने त परको कुरा । उनका समकालीन पुस्ता अहिलेको संगीत भनेपछि नाक खुम्च्याउने खालका छन् । उनीहरूलाई लाग्छ, ओहो, यो नयाँ पुस्ताले कस्तो पो संगीत बनाइरहेको छ । काम छैन यसको । म्याकाट्र्नी बरू यही सोचलाई काम नलाग्ने भन्छन् । उनी भन्छन्, ‘मैले नयाँ नयाँ गीत सुन्न छाडेको छैन ।’

म्याकाट्र्नीको उस्तै फूर्ति

दुई अभागीको कथा

होस्टेलमा बसेर सात कक्षा पढ्दै गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहलाई एक दिन आमाले नेपाली फिल्म हेर्न जाऊ भनिन् । आमाले अंग्रेजी, कोरियन फिल्मकी फ्यान साम्राज्ञीले नाक खुम्च्याएको चाल पाएपछि फिल्म राम्रो भएको भन्दै बल गरेरै लगिन् । फिल्म थियो आर्यन सिग्देलको डेब्यु मेरो एउटा साथी छ । साम्राज्ञीले उक्त फिल्मको सक्कली कोरियन फिल्म यति धेरै हेरेकी थिइन् कि त्यसको सबै कुरा थाहा थियो । तैपनि उनलाई नेपाली पनि मन परेछ ।

दुई अभागीको कथा