एप स्टोरमा अपडेट

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — एप्पलले डिजाइनमा परिवर्तन गर्दै आफ्नो एप स्टोर अपडेट गरेको छ । अपडेट गरिएको एप स्टोरको स्वरूप गुगलको प्ले–स्टोरजस्तै छ । यसमा प्रयोगकर्ताले ट्ेरन्डिङ सर्चसहित आवाजबाट पनि एप सर्च गर्न सक्ने सुविधा पाउनेछन् ।

एप स्टोरमा अपडेट

एप स्टोरको छेउमा रहेको माइक्रोफोनको आइकनमा क्लिक गरी प्रयोगकर्ताले भ्वाइस सर्च अनेबल गर्न सक्नेछन् ।


‘सुधार गरिएको डिजाइनसहित सर्चलाई अपडेट गरिएको छ । यसमा भ्वाइस पहिचान गर्न सक्ने प्रविधि पनि संलग्न गरिएको छ । नयाँ डिजाइन र भ्वाइस पहिचान गर्न सक्ने प्रविधिले एप स्टोर पहिलाभन्दा सजिलो भएको छ,’ एप्पलले आफ्नो नयाँ अपडेटबारे जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?