युट्युबमा ‘डार्क थिम’

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — युट्युबले आफ्नो एन्ड्रोइड एपमा पनि डार्क थिम फिचर सुरु गरेको छ । युट्युबले औपचारिक जानकारी नदिए पनि केही प्रयोगकर्ताले डार्क थिमको फिचर भेटेको प्रकाशित समाचारमा उल्लेख छ । युट्युबको आईओएस एपमा यो फिचर पहिला नै थियो ।

युट्युबमा ‘डार्क थिम’

सन् २०१७ मेमा युट्युबले आफ्नो वेब भर्सनमा डार्क थिम फिचर सुरु गरेको थियो । लगत्तै, आईओएसमा सुरु गरिएको फिचर एन्ड्रोइड एपमा भने ढिला थालिएको हो । वेब भर्सनमा प्रयोगकर्ताले माथितिर दायाँ भागमा प्रोफाइल आइकन क्लिक गरी डार्क थिम फिचर प्रयोग गर्न सक्छन् ।


भिडियोमा लामो समयसम्म ध्यान केन्द्रित गर्न सजिलो होस् भनेर डार्क थिम फिचर सुरु गरिएको युट्युबले जनाएको छ । डार्क थिमले प्रयोगकर्तालाई थिएटरजस्तो अनुभूति दिने युट्युबको दाबी छ ।

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?