ग्यालेक्सी नोट नाइन आउँदै

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — सामसुङले अगस्ट ९ मा सार्वजनिक गर्न लागेको आफ्नो नोट सिरिजको नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको भिडियो टिजर सार्वजनिक गरी यसको विशेषताबारे केही तथ्यहरू सार्वजनिक गरेको छ ।

ग्यालेक्सी नोट नाइन आउँदै

सामसुङले सार्वजनिक गरेको तीन टिजर भिडियोमा नयाँ फोनका तीन विशेषताहरूको संकेत दिइएको छ । पहिलो भिडियोमा सामान्यतया मोबाइलमा धेरै समय लाग्ने वाईफाई अन, लिंक खुल्ने जस्ता समस्याको हल नयाँ फोनमा हुने संकेत गरिएको छ ।


दोस्रो भिडियोमा फोनको स्टोरेज धेरै हुन सक्ने जनाइएको छ । तेस्रो भिडियो भने ब्याट्रीका बारेमा छ, जसमा ब्याट्रीको क्षमता धेरै हुने दाबी गरिएको छ । नोट नाइनमा ४ हजार एमएएचको ब्याट्री हुन सक्ने अनुमान छ ।

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?