कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिड्नीमा ओरिजिनल डुओ

कान्तिपुर संवाददाता

काठमाडौँ — चर्चित ब्यान्ड १९७४ एडीका पूर्वसदस्यद्वय फिरोज स्याङ्देन र एड्रियन प्रधान शनिबार सिड्नीका नेपालीमाझ देखिए । ‘द ओरिजिनल डुओ’ नाम दिइएको कन्सर्टमा उनीहरूले एकसेएक आफ्ना चर्चित गीतहरू गाउँदै बिग टप लुनापार्कमा मनोरञ्जन दिलाएका थिए ।

सिड्नीमा ओरिजिनल डुओ

करिब तीन घण्टा चलेको कन्सर्टमा उनीहरूले ‘यो मन त मेरो नेपाली हो’, ‘गुराँस फुल्यो वनैमा’ लगायत चर्चित नम्बरहरू प्रस्तुत गरेका थिए । उनीहरूले ‘सम्बोधन तिमीलाई’ अस्ट्रेलियामा आत्महत्या गरेका नेपाली विद्यार्थीप्रति समर्पण गरेका थिए । ‘हो र होइन’ इभेन्ट्सद्वारा आयोजित कन्सर्टमा करिब तीन हजार दर्शकसामु सुशान्त खत्रीले पनि प्रस्तुति दिएका थिए ।

तस्बिरहरू : प्रताप थापा/स्टुडियो एन

प्रकाशित : श्रावण २५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?