कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

एन्ड्रोइड पाई

गुगलले आफ्नो नयाँ अपरेटिङ सिस्टमको नाम ‘एन्ड्रोइड पाई’ राखेको छ । यो यसै सातादेखि गुगलको पिक्सेल फोनमा उपलब्ध छ । र, सबै प्रयोगकर्ताले यसलाई चलाउन भने केही महिना अझै कुर्नुपर्नेछ ।
एन्ड्रोइडको पछिल्लो संस्करणमा प्रयोगकर्ताले आफूले कुन एप कति चलाए, दिनभरिमा कतिबेर मोबाइलका कुन एप चलाउने हो, समय निर्धारण गर्न सक्नेछन् ।
हेलो शुक्रबार

काठमाडौँ — गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइडको पछिल्लो संस्करण पि–पिक्सेल फोनहरूमा उपलब्ध गराएको छ । योभन्दा अर्को कुरा, उसले एन्ड्रोइड पीको आधिाकारिक नाम एन्ड्रोइड पाई राखेको छ । यो अहिले गुगलका पिक्सेल फोनमा मात्रै उपलब्ध भए पनि सबै फोनका लागि उपलब्ध हुन केही महिना कुर्नुपर्ने हुन्छ । तर, पनि यसमा त्यस्ता के विशेषता छन् जसले यसलाई फरक स्मार्टफोन बनाएको छ ? यसको खुल्दुली हुनु स्वाभाविक नै हो । एन्ड्रोइड पाईका विशेषताबारे यहाँ चर्चा गरिनेछ ।

एन्ड्रोइड पाई

अपरेटिङ सिस्टमका हरेक नयाँ संस्करणमा केही पक्षहरू सुधारिएका हुन्छन् र केही नयाँपन थपिएका हुन्छन् । तर, गत मे महिनामा एन्ड्रोइड पाईको घोषणा हुने बेला यसको अन्य विशेषताभन्दा सबैभन्दा चर्चा पाएको पक्ष हो– डिजिटल वेलबिइङ । यसअन्तर्गत एन्ड्रोइडको पछिल्लो संस्करणमा प्रयोगकर्ताले आफूले कुन एप कति चलाए, दिनभरिमा कतिबेर मोबाइलका कुन एप चलाउने हो समय निर्धारण गर्न सक्नेछन् । साथै, आफूले चाहेको अवस्थामा यो समय हेरफेर गर्न सक्ने सुविधा यसमा हुनेछ । यसको ‘डु नट डिस्टर्भ’ मोड पनि केही फरक हुनेछ । डु नट डिस्टर्भ मोडमा फोन राखिएको बेलामा नोटिफिकेसन नआउने मात्रै होइन, फोनको डिस्प्ले नै परिवर्तन हुनेछ । यो फिचरका कारण प्रयोगकर्ता फोन कम चलाउन प्रोत्साहित हुने गुगलको दाबी छ । यस्तै विशेषतासहितको फिचर एप्पलले आफ्नो आईओएस १२ मा पनि राख्ने घोषणा गरिसकेको छ ।


एन्ड्रोइड पाई पिक्सेल फोनमा उपलब्ध भएको जानकारी गराउँदै गुगलले पाईले ब्याट्रीको बचत गर्ने दाबी गरेको छ । पाईले प्रयोगकर्ताले फोन प्रयोग गर्ने शैलीअनुसार ब्याट्री कम खपत गर्ने जनाइएको छ । यसलाई सामान्य भाषामा बुझ्दा यसले प्रयोगकर्ताले कम प्रयोग गर्ने एपलाई ब्याकग्राउन्डमा ब्याट्री खपत गर्नबाट रोक्नेछ । ‘एड्याप्टिभ ब्याट्री’ नाम दिइएको यो फिचर हुवावेले यसअघि नै आफ्नो स्मार्टफोनमा प्रयोग गरिसकेको छ ।


यस्तै, पाईले प्रयोगकर्ताका लागि अनुकूल हुने गरी स्वत: स्मार्टफोनको स्क्रिन ब्राइटनेस निर्धारण गर्नेछ । यसले गर्दा पनि ब्याट्री बचतमा सहयोग पुग्नेछ ।


पाईमा गरिएको नयाँ प्रयोग ‘स्लाइस’ फिचर पनि हो जसले प्रयोगकर्ताले एप नखोली एपको केही भागलाई स्क्रिनमा देखाउँछ । जस्तै– कुनै एप सर्चबारमा सर्च गर्दा उक्त एपभित्र देखिने नोटिफिकेसन र जानकारीहरू स्वत: देखाउनेछ । तर, यो फिचर अहिले नै उपलब्ध हुने छैन । यसका लागि प्रयोगकर्ताले केही महिना अझै कुर्नुपर्नेछ ।


प्रयोगकर्ताले आफ्नो मोबाइलमा बारम्बार दोहोर्‍याउने एपहरूलाई पनि स्क्रिनमा चाँडै देखाउने सुविधा एन्ड्रोइड पाईमा हुनेछ । यसमा प्रयोगकर्ताले गर्न खोजेको कामको अनुमान गर्ने सुविधा हुनेछ । जस्तै– प्रयोगकर्ताले


आफ्नो फोनमा हेडफोन छिराएमा पछिल्लो पटक सुनिएको गीतलाई स्क्रिनमा देखाउनेछ ।


साथै, एकै पटक पाँच वटासम्म ब्लुतुथ डिभाइसमा फोनलाई कनेक्ट गरी कनेक्ट भइसकेका डिभाइसबीच छानेर काम गर्न पनि सकिने सुविधा एन्ड्रोइड पाईमा हुनेछ ।
[email protected]

प्रकाशित : श्रावण २५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?