कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्युजिकल्ली अब टिकटक

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — छोटो भिडियो सेयर गर्ने एप म्युजिकल्ली टिकटकले किनेको छ । बिक्रीसँगै म्युजिकल्ली टिकटक नाममा रूपान्तरित भएको छ । यसका प्रयोगकर्ताले टिकटक नाममा यसको अपडेट पाइसकेका छन् । म्युजिकल्लीको लोगोसमेत अपडेट भइसकेको छ । टिकटक म्युजिकल्ली जस्तै सेवा दिने कम्पनी हो । म्युजिकल्लीका प्रयोगकर्ता पनि स्वत: टिकटकका प्रयोगकर्ता बनेका छन् ।

म्युजिकल्ली अब टिकटक

म्युजिकल्ली २०१४ को अगस्टमा सार्वजनिक भएको हो । यसले प्रयोगकर्तालाई १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो बनाउने र त्यसमा विभिन्न संगीत, साउन्ड ट्रयाक हाल्ने सुविधा दिँदै आएको छ । यो नेपालमा पनि लोकप्रिय छ । टिकटक भने २०१६ मा सार्वजनिक भएको हो । पछिल्लो समय टिकटक विश्वव्यापी रूपमा धेरै डाउनलोड हुने एपमा पर्छ ।

प्रकाशित : श्रावण २५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?