१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

ट्रु कलरमा कल रेकर्ड

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — आफ्नो फोनमा सेभ नभएको नम्बरको नाम पनि देखाउने भएकाले ट्रु कलर प्रयोगकर्तामाझ निकै लोकप्रिय छ । नचिनेको नम्बरबाट कल आउँदा नाम देखाउने भएकाले यसको व्यापकता बढेको हो ।

ट्रु कलरमा कल रेकर्ड

ट्रु कलरले पछिल्लो पटक आफ्नो एपमा नयाँ फिचर थपेको छ । यसले अब प्रयोगकर्तालाई कल रेकर्डको सुविधा पनि दिएको छ । कल रेकर्डका लागि कतिपय फोनमा आफ्नै अप्सन हुन्छ ।
यस्ता अप्सन भएका फोनका लागि भने प्रयोगकर्ताले रेकर्डका लागि अन्य एप डाउनलोड गरिरहनु पर्दैन । प्रयोगकर्ताले फोन गर्दा वा आउँदा स्क्रिनमा रेकर्डका लागि अप्सन देख्न सक्छन् । सोही अप्सनमा क्लिक गरी कल रेकर्ड गर्न सकिन्छ ।

प्रकाशित : श्रावण २५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?