२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सुरक्षित स्काइप

हेलो टेक

काठमाडौँ — स्काइपले आफ्नो एपलाई सुरक्षित बनाउन इन्ड टु इन्ड इन्स्कि्रप्सन फिचर सुरु गरेको छ । स्काइपको आईओएस, एन्ड्रोइड, डेस्कटपसहित सबै एपमा यो सुविधा उपलब्ध हुनेछ । स्काइपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर पाउन सक्नेछन् ।

सुरक्षित स्काइप

जुन व्यक्तिसँग कल वा म्यासेज गर्ने हो उक्त व्यक्तिको प्रोफाइलमा गई कम्पोज म्यासेजमा स्टार्ट न्यु कन्भर्सेसन अप्सन छानेर प्रयोगकर्ताले प्राइभेट च्याट र कल गर्न सक्छन् । तर, एक डिभाइसमा एक पटकमा एक जनासँग मात्रै यस्तो च्याट गर्न सकिन्छ ।


स्काइपबाहेक अन्य म्यासेजिङ एपहरूले इन्ड टु इन्ड इन्स्कि्रप्सन फिचर यसअघि नै सुरु गरिसकेका छन् । एक डिभाइसबाट अर्को डिभाइसमा पुग्ने म्यासेज तथा कुराकानी बीचमा सुन्न नसकिने भएकाले यो फिचर सुरक्षित मानिन्छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?