पट्याउन मिल्ने फोन चाँडै

हेलो टेक

काठमाडौँ — पट्याउन मिल्ने खालको फोन बजारमा आउने चर्चा अहिलेदेखिको होइन, धेरै वर्षदेखि यसको योजना र तयारीको विषयले चर्चा पाइरहेको छ । सामसुङले भने पट्याउन मिल्ने फोन चाँडै प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेको छ ।

पट्याउन मिल्ने फोन चाँडै

सामसुङका प्रमुख कार्यकारी अधिकृत डीजे कोले कम्पनीले चाँडै फोल्डेबल फोनलाई प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेका हुन् । सामसुङले लामो समयदेखि फोल्डेबल फोनको योजना बनाइरहेको छ । रिपोर्टअनुसार उसले ग्यालेक्सी एफ नाम दिएर फोल्डेबल फोनको योजनामा काम गरिरहेको छ । कम्पनीले सन् २०१६ मै यस्तो फोन सार्वजनिक गर्ने भनेको थियो । सम्भवत: आगामी वर्ष सामसुङको फोल्डेबल फोन आउन सक्ने रिपोर्टहरूमा जनाइएको छ ।


सामसुङबाहेक एप्पल, हुवावे र एलजीजस्ता कम्पनीले पनि यस्तो खालको फोनको योजना बनाइरहेका छन् । एप्पलले भने फोल्डेबल फोनका लागि आफ्नो नाममा पेटेन्टसमेत दर्ता गरिसकेको छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?