२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

युट्युबमा टाइम वाच्ड

हेलो टेक

काठमाडौँ — युट्युबले आफ्नो एपमा प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । अब प्रयोगकर्ताले आफूले कति समय युट्युब हेरेर समय बिताएँ भनेर थाहा पाउन सक्नेछन् । यसलाई ‘टाइम वाच्ड’ नाम दिइएको छ ।

युट्युबमा टाइम वाच्ड

एपको दायाँपट्टि माथिल्लो भागमा आफ्नो प्रोफाइल आइकनमा क्लिक गरी प्रयोगकर्ताले आफूले कति समय युट्युबमा भिडियो हेरेर बिताए भन्ने थाहा पाउन सक्नेछन् । आफ्नो प्रोफाइल आइकनमा क्लिक गरेपछि प्रयोगकर्ताले टाइम वाच्ड अप्सन देख्न सक्छन् । त्यहाँ आज, हिजो र गत हप्ता आफूले कति समय भिडियो हेरेर बिताएँ भन्ने तथ्यांक देख्न सकिन्छ ।


साथै, यसमा निश्चित समयपछि भिडियो हेर्नका लागि रोक्ने गरी टाइमर सेट गर्ने सुविधा पनि हुनेछ । जसमा प्रयोगकर्ताले आफूले चाहेको समय राख्न सक्छन् । उक्त अवधि सकिएपछि एपले त्यसबारे जानकारी प्रयोगकर्तालाई गराउनेछ ।

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?