फेसबुकमा वाच

हेलो टेक

काठमाडौँ — फेसबुकले अघिल्लो वर्षदेखि भिडियो सामग्री देखाउनका लागि छुट्टै मेनु सुरु गरेको थियो । प्रारम्भिक अवस्थामा यो अमेरिकी प्रयोगकर्तामाझ मात्रै उपलब्ध थियो । तर, केही सातायता नेपाली प्रयोगकर्ताले पनि आफ्नो फेसबुक एप अपडेटमा वाच फिचर देख्न थालेका छन् ।

फेसबुकमा वाच



फेसबुकको न्युजफिडसँगै रहने वाचमा विशेषत: पेजबाट आउने भिडियोहरू देखाइन्छ । वाच फिचर सुरु भएसँगै प्रयोगकर्ताले आफ्नो मुख्य न्युजफिडमा पेजबाट आउने भिडियो निकै कम देख्न पाउनेछन् । तर, अन्य प्रयोगकर्ताले व्यक्तिगत एकाउन्टबाट राखेको भिडियो र लाइभ भने न्युजफिडमै देखिनेछ । वाच फिचरले फेसबुकमा भिडियो मात्र हेर्न चाहने प्रयोगकर्तालाई भने सुविधा हुनेछ ।

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?