कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टोयोटा र उबरको चालकविहीन कार

हेलो टेक

काठमाडौँ — जापानी कार निर्माता टोयोटाले उबरसँग मिलेर चालकविहीन (सेल्फ ड्राइभिङ) कार निर्माण गर्ने घोषणा गरेको छ । टोयोटाले यसै साता चालकविहीन कार निर्माणका लागि उबरमा ५० करोड डलर लगानी गर्ने पनि जनाएको छ ।

टोयोटा र उबरको चालकविहीन कार

चालकविहीन कारको मोडल टोयोटाको सियना मिनी भ्यानको मोडलजस्तै हुनेछ र यसको परीक्षण सन् २०२१ को सुरुवाती महिनामा ल्याउने लक्ष्य छ । उबरले आफ्नो चालकविहीन कार प्रविधि टोयोटालाई दिने र टोयोटाले कार उत्पादन गर्नेछ । दुवै कम्पनी मिलेर ठूलो परिमाणमा चालकविहीन कार उत्पादन गर्ने सम्झौता गरेका हुन् ।

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?