नयाँ आइफोन

हेलो टेक

काठमाडौँ — एप्पलले बुधबार आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । आइफोनले १२ सेप्टेम्बरमा आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्ने जनाएको छ ।

नयाँ आइफोन

विभिन्न सञ्चारमाध्यमले विश्वस्त स्रोतलाई उद्धृत गर्दै प्रकाशित गरेको समाचारअनुसार कम्पनीले यो वर्ष तीन वटा नयाँ आइफोन सार्वजनिक गर्नेछ । जसमा आइफोन टेनजस्तै ठूलो स्क्रिनसहितको एक आइफोन र दुई त्योभन्दा साना स्क्रिन र कम मूल्यका आइफोन सार्वजनिक गर्ने कम्पनीको तयारी रहेको जनाइएको छ । यसबाहेक आफ्ना अन्य केही उत्पादन पनि कम्पनीले सार्वजनिक गर्न सक्छ ।


बजारमा एप्पलको प्रतिस्पर्धी सामसङले केही साताअघि मात्रै आफ्नो पछिल्लो उत्पादन ग्यालेक्सी नोट नाइन सार्वजनिक गरेको थियो । एप्पलको नयाँ उत्पादनले सामसङको पछिल्लो नोट नाइनसँग बिक्रीमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?