३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

५ वर्षभित्र उड्ने कार

हेलो टेक

काठमाडौँ — राइड सेयरिङ कम्पनी उबरले आगामी ५ वर्षमा एसियाका ३ सहित थप ५ वटा देशमा उड्ने कारको परीक्षण उडान गर्ने भएको छ । जापानमा भएको उबरको एक्स्पोमा कम्पनीले यस्तो घोषणा गरेको हो ।

५ वर्षभित्र उड्ने कार

उबरले यसअघि नै पहिलो दुई उडान अमेरिकाको डालास र लस एन्जल्समा गर्ने घोषणा गरिसकेको छ ।


उबरले यसै साता घोषणा गरेको ५ देशको सूचीमा जापान, भारत, अष्ट्रेलिया, फ्रान्स र ब्राजिल छन् । अमेरिकाको दुई सहरमा परीक्षण उडानपछि यी ५ मध्ये एक देशमा परीक्षण उडान गर्ने कम्पनीले जनाएको छ । यसबाहेक आफ्नो सामान पुर्‍याउने ड्रोनको समेत परीक्षण उडान गर्ने योजना उसले सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?