१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इन्स्टाग्राम भिडियोमा ट्याग

हेलोटेक

काठमाडौँ — फोटो सेयरिङ साइट इन्स्टाग्रामले केही समयपछि आफ्ना प्रयोगकर्तालाई भिडियो ट्याग गर्ने सुविधा पनि दिने भएको छ । इन्स्टाग्रामले अहिले फोटोमा मात्रै यो सुविधा दिएको छ । भिडियो ट्यागको लागि इन्स्टाग्रामले सीमित प्रयोगकर्तामाझ परीक्षण गरिरहेको छ ।

इन्स्टाग्राम भिडियोमा ट्याग

फेसबुक स्वामित्वको इन्स्टाग्रामले सन् २०१३ देखि फोटोमा ट्याग गर्न मिल्ने सुविधा सुरु गरेको हो । सोही वर्षदेखि नै इन्स्टाग्रामले भिडियो सेयरिङ सुविधा दिएको भए पनि ट्याग गर्ने सुविधा भने राखेको थिएन । इन्स्टाग्रामले यसअघि नै स्टोरिजमा ट्याग गर्ने सुविधा सुरु गरिसकेको छ ।

फोटो सेयरिङ साइट पछिल्लो समय भिडियोमा बढी केन्द्रित छ । केही महिनाअघि मात्रै इन्स्टाग्रामले प्रयोगकर्ताको लागि आफ्नो एपमा भिडियो हेर्ने छुट्टै सुविधा दिनका लागि आईजीटीभी सुरु गरेको थियो ।

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?