चेन्नाई एक्सप्रेस

तस्बिर : इलिट जोशी

काठमाडौँ — होटल अन्नपूर्ण । तीन हजार रुपैयाँ दरको टिकट । पाँच घण्टा चलेको कन्सर्टमा शनिबार चार सय बढीले मनोरञ्जन लिएका थिए । यसको मुख्य आकर्षण थिइन्– जोनिटा गान्धी ।

चेन्नाई एक्सप्रेस

भारतीय मूलकी क्यानडियन गायिका जोनिटाले ब्रेकअप गीत, तपाईं मलाई विवाह गर्नुहुन्छ ?, अल्लाह मेहराबन, चेन्नाई एक्सप्रेस, साउ तेरा को, रात बाँकी हेई, साजनजस्ता आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन् । २८ वर्षीया उनले आधा घण्टा प्रस्तुति दिनुअघि दीपक बज्राचार्यले ऋतु, मायाको डोरीलगायत आफ्ना चलेका गीतहरू पस्किएका थिए । कन्सर्टको सुरुआत भने जोन भुजुले ‘कभर सङ’ मार्फत गरेका थिए ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?