कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

शो परिकल्पना

कान्तिपुर संवाददाता

काठमाडौँ — भिन्नाभिन्नै पहिरनमा ठाँटिएका कलेजका विद्यार्थी र मोडल आइतबार सोल्टी क्राउन प्लाजा होटलको हलमा पालैपालो र्‍याम्पमा उत्रिए । ‘अभूतपूर्व परिकल्पना’ नाम दिइएको फेसन शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीको बाहुल्य थियो । ड्रेस डिजाइनिङ र क्याटवाकमार्फत उनीहरूले स्नातक तेस्रो वर्ष सकिएको संकेत दिएका थिए ।

शो परिकल्पना

लिम्बू, धिमाल, शेर्पा, थकाली, नेवार, सुनुवार, थारू र राजवंशी समुदायको पहिरनमा मोडल दर्शकदीर्घामा देखा परेसँगै फेसन शो सुरु भएको थियो । त्यसपछि चेन्ज इन सिजन, फेमिनाइन लुक, पप आर्ट र सेड्स अफ कलर थिममा विद्यार्थीलाई र्‍याम्पमा उतारिएको थियो । स्नातक पूरा गर्न लागेका ८४ विद्यार्थी आ–आफ्नै थिममा सहभागी भएका थिए । नयाँ विद्यार्थीहरू भने मोडलका रूपमा प्रस्तुत भएका थिए । एक्काइस वटा समूहले विद्यार्थीका क्रिएटिभ डिजाइनलाई प्रदर्शन गरेका थिए ।


१४ औं ग्रयाजुएसन फेसन शो विद्यार्थीहरूका लागि १ सय पूर्णाङ्कको हो । यसमा आन्तरिकबाट ५० र फेसन शोबाट ५० अंक दिइन्छ । फेसन शोमा प्रारम्भिक चरणमा २५ अंक र रन–वेको प्रदर्शनीलाई आधार बनाएर २५ अंक छुट्याइएको हुन्छ । र्‍याम्पमा मोडल मात्र उत्रिएनन्, सँगै डिजाइनर पनि देखा परेका थिए । फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । अचेल मानिसहरू अनलाइन, भिडियो गेममा बढी प्रभावित भइरहेका छन् । त्यस्तै खालका जीवन शैलीमा चाहिने थिममा ड्रेस डिजाइन गरिएको थियो, जसलाई ६ सिक्वेन्समा देखाइएको थियो ।


– विमल

तस्बिरहरू : इलिट जोशी

प्रकाशित : आश्विन २६, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?