मध्यम मूल्यका स्मार्टफोन

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंमा नयाँ लुगा मात्रै होइन, मोबाइल किन्ने योजनामा पनि धेरै हुन्छन् । तर, नेपाली बजारमा अहिले पनि आधा दर्जन बढी ब्रान्डका थुप्रै मोडलका फोनहरु छन् । तीमध्ये फरक मूल्यका फोन त कत्ति हो कत्ति । सधैं महँगा मूल्यकै फोन चाहिन्छ भन्ने पनि छैन । आफ्नो आवश्यकता र बजेटलाई ध्यानमा राखी मोबाइल किने प्रयोगकर्ताका लागि लाभदायी हुन सक्छ ।

यहाँ भिन्न मूल्यका फरक ब्रान्डका केही फोनहरुको विकल्प दिइएको छ। यीमध्ये कुनै फोन डिजाइनका हिसाबले अब्बल छन् भने कुनै कार्यक्षमताका लागि। केही फोन क्यामेरा केन्द्रित छन् भने केही फोन ब्याट्री केन्द्रित। यस्ता स्मार्टफोनको विकल्पले प्रयोगकर्तालाई उपयुक्त फोन छनोटमा सघाउनेछ।

Yamaha


रु. ३० हजारसम्म

एमआई एटु लाइट
डिस्प्ले : ५.८४ इन्च
प्रोसेसर : २ गिगाहर्ज अक्टाकोर
र्‍याम : ३ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १२ र ५ मेगापिक्सेल
ब्याट्री : ४००० एमएएच
मूल्य : रु.२०,९९९/–


एमआई रेडमी नोट फाइभ एआई
डिस्प्ले : ५.९९ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ६३६
र्‍याम : ३ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : ५ र १२ मेगापिक्सेल
ब्याट्री : ४००० एमएएच
मूल्य : रु.२३, ४९९/–


भिभो भी सेभेन
डिस्प्ले : ५.७ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज अक्टा कोर
कोर्टेक्स ए ५३
र्‍याम : ४ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १६ मेगापिक्सेल
व्याट्री : ३००० एमएएच
मूल्य : रु.२७,२९०/–


सामसुङ जे सेभेन प्रो
डिस्प्ले : ५.५ इन्च
प्रोसेसर : एक्सिनस १.६ गिगाहर्ज अक्टा कोर
र्‍याम : ३ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १३ मेगापिक्सेल
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु.३०,०००/–


हुवावे वाई नाइन
डिस्प्ले : ५.९३ इन्च
प्रोसेसर : किरिन हाइसिलिकन ६५९ अक्टा कोर
र्‍याम : ३ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १६ र २ मेगापिक्सेल
ब्याट्री : ४००० एमएएच
मूल्य : रु.२७,०००/–

रु. ३०–४० हजार

एमआई एटु
डिस्प्ले : ५.९९ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ६६० अक्टा कोर
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १२ र २० मेगापिक्सेल
ब्याट्री : ३००० एमएएच
मूल्य : रु.३०,९९९/–


नोभा थ्री आई
डिस्प्ले : ६.३ इन्च
प्रोसेसर : टर्बो २.२ गिगाहर्ज र
१.७ गिगाहर्ज अक्टाकोर
र्‍याम : ४ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १६ र २ मेगापिक्सेल
ब्याट्री : ३३४० एमएएच
मूल्य : रु.३८,९००/–


भीभो भी एलेभेन
डिस्प्ले : ६.३ इन्च
प्रोसेसर : हेलियो पी६० अक्टाकोर
र्‍याम : ४ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १६ र ५ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.३९,९९०/–

ओप्पो एफ सेभेन
डिस्प्ले : ६.२३ इन्च
प्रोसेसर : हेलियो पी६० अक्टाकोर
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.३६,०००/–


सामसुङ ग्यालेक्सी जे एइट
डिस्प्ले : ६ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ४५० अक्टा कोर
र्‍याम : ४ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र ५ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.३३,४९०/–

रु. ४०–५० हजार


ओप्पो एफ नाइन
डिस्प्ले : ६.३ इन्च
प्रोसेसर : हेलियो पी६० अक्टा कोर
र्‍याम : ६ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र २ मेगापिक्सेल
ब्याट्री : ३५०० एमएएच
मूल्य : रु.४५,०००/–


भिभो भी एलेभेन प्रो
डिस्प्ले : ६.४१ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ६६० अक्टाकोर
र्‍याम : ६ जीबी
स्टोरेज : १२८ जीबी
क्यामेरा : १२ र ५ मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : ४५,०००


वान प्लस फाइभ टी
डिस्प्ले : ६.१ इन्च
प्रोसेसर : स्न्यापड्रयागन ८३५ अक्टाकोर
र्‍याम : ६ जीबी
स्टोरेज : ६४ जीबी
क्यामेरा : १६ र २० मेगापिक्सेल
ब्याट्री : ३४०० एमएएच
मूल्य : रु.४९,९९९/–


सामसुङ ग्यालेक्सी ए एइट प्लस
डिस्प्ले : ६ इन्च
प्रोसेसर : एक्सिनस ८७८५ अक्टा
र्‍याम : ४ जीबी
स्टोरेज : ३२ जीबी
क्यामेरा : १६ मेगापिक्सेल
ब्याट्री : ३५०० एमएएच
मूल्य : रु.४४,९९०/–

प्रकाशित : आश्विन २६, २०७५ ११:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

शो परिकल्पना

कान्तिपुर संवाददाता

काठमाडौँ — भिन्नाभिन्नै पहिरनमा ठाँटिएका कलेजका विद्यार्थी र मोडल आइतबार सोल्टी क्राउन प्लाजा होटलको हलमा पालैपालो र्‍याम्पमा उत्रिए । ‘अभूतपूर्व परिकल्पना’ नाम दिइएको फेसन शोमा नमुना कलेज अफ फेसन टेक्नोलोजीका विद्यार्थीको बाहुल्य थियो । ड्रेस डिजाइनिङ र क्याटवाकमार्फत उनीहरूले स्नातक तेस्रो वर्ष सकिएको संकेत दिएका थिए ।

लिम्बू, धिमाल, शेर्पा, थकाली, नेवार, सुनुवार, थारू र राजवंशी समुदायको पहिरनमा मोडल दर्शकदीर्घामा देखा परेसँगै फेसन शो सुरु भएको थियो । त्यसपछि चेन्ज इन सिजन, फेमिनाइन लुक, पप आर्ट र सेड्स अफ कलर थिममा विद्यार्थीलाई र्‍याम्पमा उतारिएको थियो । स्नातक पूरा गर्न लागेका ८४ विद्यार्थी आ–आफ्नै थिममा सहभागी भएका थिए । नयाँ विद्यार्थीहरू भने मोडलका रूपमा प्रस्तुत भएका थिए । एक्काइस वटा समूहले विद्यार्थीका क्रिएटिभ डिजाइनलाई प्रदर्शन गरेका थिए ।


१४ औं ग्रयाजुएसन फेसन शो विद्यार्थीहरूका लागि १ सय पूर्णाङ्कको हो । यसमा आन्तरिकबाट ५० र फेसन शोबाट ५० अंक दिइन्छ । फेसन शोमा प्रारम्भिक चरणमा २५ अंक र रन–वेको प्रदर्शनीलाई आधार बनाएर २५ अंक छुट्याइएको हुन्छ । र्‍याम्पमा मोडल मात्र उत्रिएनन्, सँगै डिजाइनर पनि देखा परेका थिए । फेसन शोको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । अचेल मानिसहरू अनलाइन, भिडियो गेममा बढी प्रभावित भइरहेका छन् । त्यस्तै खालका जीवन शैलीमा चाहिने थिममा ड्रेस डिजाइन गरिएको थियो, जसलाई ६ सिक्वेन्समा देखाइएको थियो ।


– विमल

तस्बिरहरू : इलिट जोशी

प्रकाशित : आश्विन २६, २०७५ ११:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT