१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ह्वाट्सएपमा स्टिकर

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — मोबाइल म्यासेजिङका लागि ह्वाट्सएप निकै लोकप्रिय छ । फेसबुक स्वामित्वको यो एप अरूभन्दा एउटा फिचरमा पछाडि छ । अहिले चल्तीमा रहेका अधिकांश म्यासेजिङ एपले म्यासेजका क्रममा पठाउन मिल्ने स्टिकरलाई आफ्नो अभिन्न अंग बनाएका छन्, जुन फिचर ह्वाट्सएपमा उपलब्ध छैन ।

ह्वाट्सएपमा स्टिकर

ह्वाट्सएपले आगामी सातादेखि आफ्नो एपमा स्टिकर फिचर पनि समावेश गर्ने भएको छ । कम्पनीले ब्लग लेख्दै यो जानकारी दिएको हो । कम्पनीले आगामी साता ल्याउने नयाँ अपडेटमा प्रयोगकर्ताले स्टिकर फिचर पाउनेछन् जुन आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध हुनेछ । फेसबुकको म्यासेन्जरमा जस्तै प्रयोगकर्ताले कुनै स्टिकर प्रयोग गर्नुअघि त्यसको प्याकेज डाउनलोड गर्नुपर्नेछ । एपले थर्ड पार्टी स्टिकरसमेत सपोर्ट गर्नेछ । यसका लागि प्रयोगकर्ताले स्टिकर उपलब्ध गराउने अन्य एप डाउनलोड गरेर ती स्टिकर ह्वाट्सएपको कुराकानीमा पठाउन सक्नेछन् ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?