२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

वानप्लस सिक्स टी आयो

हेलो टेक
कान्तिपुर संवाददाता

काठमाडौँ — वान प्लसले आफ्नो नयाँ फ्ल्यागसिप फोन ‘वान प्लस सिक्स टी’ सार्वजनिक गरेको छ  । डिस्प्ले, डिजाइन र ब्याट्रीमा गरिएको सुधारसँगै वान प्लस सिक्स टीमा इन डिस्प्ले फिंगर प्रिन्ट सुविधा पनि जोडिएको छ  ।

वानप्लस सिक्स टी आयो

एप्पल, सामसङजस्ता कम्पनीका पछिल्ला स्मार्टफोनसँग बजारमा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको यो स्मार्टफोनको डिस्प्ले ६.४ इन्च छ । ३७०० एमएएचको ब्याट्रीले स्मार्टफोन कामकाजका लागि टिकाउ हुने दाबी कम्पनीको छ । तर, यसमा पछिल्लो समय महँगो मूल्यका स्मार्टफोनमा समावेश गरिँंदै आएको वायरलेस चार्जिङ सुविधा भने रहने छैन । फोनमा एन्ड्रोइड पाईमा आधारित वानप्लसको अक्सिजन अपरेटिङ सिस्टम रहनेछ । यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहनेछ भने १६ र २० मेगापिक्सेलको दुई रेअर क्यामेरा छन् ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?