कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नयाँ जीवन नयाँ एल्बम

यदि कोही कसैले साँचो माया पाएनन् र लगातार मायामा धोका पाए भने जीवन त गाह्रै हुन्छ ।
हिमेश

काठमाडौँ — सन् १९९० को दशककी कीर्तिमानी गायिका हुन्, मराया केरी । उनले आफ्नो व्यक्तिगत जीवनमा धेरै नै उतारचढाव बेहोरिन् । अहिले उनी आफू बाँचिरहेको स्थितिलाई नयाँ जीवन भन्न रूचाउँछिन् । यसैको एउटा राम्रो प्रमाणका रुपमा उनले आफ्नो नयाँ एल्बम ल्याएकी छिन्– ‘कसन’ ।

नयाँ जीवन नयाँ एल्बम

‘भिजन अफ लभ’ । यो गीत नसुन्ने कमै होला । छैन भने सुनौं । यो गीतसँगै एउटा सुन्दर अनुहार र उत्तिकै दमदार स्वर हाम्रोसामु आउने गर्छ र ती हुन्, मराया केरी । सन् १९९० तिर रिलिज भएको गीत हो, यो । त्यति बेला उनले धेरै चर्चित गीतहरू दिइन् । जस्तै, ‘हिरोज’, ‘विथ आउट यु’, ‘अल आई वान फर क्रिसमस इज यु’ र ‘वान स्विट डे’ आदि आदि । उनको नाममा एउटा बेजोड कीर्तिमान छ, सुरुआती पाँचै गीत विलबोर्डको नम्बर १ मा पुगेको ।

अनि उनको ‘वान स्विट डे’ लगातार १६ साता अमेरिकामा नम्बर १ रहेको थियो, जुन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन । उनको ‘भोजक रेन्ज’ वास्तवमै गज्जब छ । अनि यो उत्तिकै शक्तिशाली पनि । गुनगुनाउने पाराले गाउने उनको शैली अरूमा विरलै मात्र पाइन्छ । उनी गीत त गाउँछिन् नै, उत्तिकै गतिला गीतकार पनि हुन् । त्यसैले उनलाई सन् नब्बेका सबैभन्दा प्रतिभाशाली गायिका र गीतकार मानिन्छ । त्यो समय थियो र अहिलेको समय, धेरै परिवर्तन भए ।

मराया आफैं पनि धेरै परिवर्तनबाट गुज्रिन् । आफ्नो व्यक्तिगत जीवनमा उनले धेरै नै उतारचढाव बेहोरिन् । अहिले उनी आफू बाँचिरहेको स्थितिलाई नयाँ जीवन भन्न रुचाउँछिन् । यसैको एउटा राम्रो प्रमाणका रूपमा उनले आफ्नो नयाँ एल्बम ल्याएकी छिन् र यो रहेको छ, ‘कसन’ । यो उनको १५ औं स्टुडियो एल्बम हो र उनले यहाँसम्म तय गरेको यात्रा आफैंमा अद्वितीय छ । भनिन्छ, पश्चिमेली संगीतमा पुरुष र महिला स्वरलाई लिएर पनि विभेद गरिन्छ ।

पुरुष गायकले जत्ति समय पनि गाइरहन सक्ने । महिलाको स्वर भने पुराना हुने । यस्तो आरोप धेरै गायिकाले बेहोरेको हुनुपर्छ, भलै उनीहरूको प्रस्तुति किन अझै दमदार नरहोस् । मराया आफैं व्यक्तिगत समस्याबाट गुज्रिरहेका बेला धेरैले अनुमान गरेका थिए, अब यिनका पनि गीत गाउने दिन गए । अब उनी इतिहास त रहने छिन्, तर वर्तमानमा उनको उपस्थिति उल्लेखनीय हुने छैन । हुन पनि ती खराब दिनकै बेला स्टेजमा मरायाको उपस्थिति कमजोर हुन थालेको थियो ।


टुरमा निस्कने र लगातार गीत गाइरहने काम पक्कै सजिलो हुन्न । मराया पनि यसमा एक प्रकारले असफल रहिन् अथवा भनौं, कमजोर सावित भइन् । त्यसैले मरायाका धेरै खास प्रशंसकहरू निराश भए । यो तथ्य त उनी आफैंले पनि स्विकारेकी छन् । हुन पनि यदि कोही कसैले साँचो माया पाएनन् र लगातार मायामा धोका पाए भने जीवन त गाह्रै हुन्छ । यस्तै स्थिति थियो, मरायाको । अब भने उनले आफूलाई सम्हाल्ने निर्णय गरेकी छन् ।

अब नयाँ मराया । धेरै अर्थमा नयाँ । यसैको प्रमाण हो, यो एल्बम ‘कसन’ । लगभग केही दिन मात्र भएको छ, यो एल्बम रिलिजको । ‘विथ यु’ एल्बमको शीर्ष गीत हो र यसलाई यसअघि नै रिलिज गराइएको थियो । यसमा निकै मीठो ढंगले पियानोको प्रयोग भएको छ । यसको सफलतापछि एल्बमलाई पनि अगाडि सार्न सजिलो भएको हो । उनको यसअघिको अन्तिम एल्बम सन् २०१४ मा आएको थियो, ‘मी, आई एम मराया... ।’


त्यसयता उनी केही समय हराइन् पनि । किन हो, मिडियाले पनि उनलाई खासै खोजेन । तर खासमा यी चार वर्ष मरायाले आफूले आफैंलाई खोज्नमा बिताइन् र यसै भावमा गीतहरू कोरिन् र गाइन् । ‘कसन’ लाई धेरै मिडियाले राम्रै अर्थमा प्रशंसा पनि गरेका छन् । ठ्याक्कै दस गीत छन्, यसमा । पहिलो गीत हो, ‘जीटीएफओ’ । त्यसलगत्तै आउँछ, ‘विथ यु’ । ‘कसन’ नाममै पनि गीत छ । खासमा मरायाले यो एल्बमको माध्यमबाट धेरैलाई आश्चर्यमा पनि पारेकी छिन् र यो आश्चर्य खासमा सुखद पनि छ ।


[email protected]

प्रकाशित : मंसिर ७, २०७५ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?