२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

‘हे सिरी, ओके गुगल’

हेलो शुक्रबार

काठमाडौँ — रीको चीर प्रतिद्वन्द्वी गुगल एसिस्टेन्ट अब सिरीबाटै खुल्ने भएको छ । एप्पलले चाहेर यसो हुन दिएको भने होइन । सिरीलाई ‘हे सिरी, ओके गुगल’ भनेपछि गुगल एसिस्टेन्ट खुल्छ ।

‘हे सिरी, ओके गुगल’

यो चलाउँदा केही अप्ठेरो भने छ । किनभने यसलाई सुचारु गर्न त्यति सजिलो भने छैन । आइओसमा गुगल एसिस्टेन्ट एपलाई अपडेट गरेर त्यसलाई सिरीको सर्टकटका लागि सेट गर्नुपर्छ ।


सिरीले कुनै पनि एप वा फिचर खोल्न वा चलाउनका लागि आवाज रेकर्ड गर्न दिन्छ । जस्तै, आफ्नो रुचिको गीतको लिस्ट, कसैलाई मेसेज गर्नका लागि सिरी सर्टकर्ट बनाउन सकिन्छ ।


गुगल एसिस्टेन्ट खोल्नका लागि गुगलले नै सुझाउने शब्द भनेको ‘ओके गुगल’ हो । त्यसलाई परिवर्तन गरेर ‘हे गुगल’ पनि राख्न सकिन्छ । यो सबै सेटअप गरेपछि सिरीको प्रयोग गरेर गुगल एप खोल्न सकिन्छ ।


आइफोन वा आइप्याडमा गुगल एप खोल्नका लागि भने तिनलाई अनलक गर्न जरुरी हुन्छ । त्यसपछि गुगल एसिस्टेन्ट एपले हामीले बोलेको सुन्छ र त्यहीअनुसार प्रतिक्रिया दिन्छ । तर, गुगललाई केही भन्नुभन्दा पहिला त्यो खुल्नका लागि प्रतीक्षा भने गर्नुपर्छ ।


यति धेरै मिहिनेत गरेर सबैले यसको प्रयोग गर्छन् भन्ने होइन । तर सिरीमार्फत गुगल चलाउन सकिन्छ भन्ने कुरा आफैंमा रमाइलो हो । सिरीबाट गुगल एसिस्टेन्ट चलाउने हो भने आफ्नो प्राइभेसी सेटिङमा भने ध्यान दिनुपर्छ । किनभने उक्त एपले तपाईंको ‘वेब र एप एक्टिभिटी’ लाई हेर्ने अनुमति दिनलाई अभिप्रेरित गरिरहन्छन् ।


[email protected]

प्रकाशित : मंसिर १४, २०७५ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?