ओप्पोको फोल्डेबल फोन
काठमाडौँ — सामसङसहितका ठूला फोन उत्पादकहरूले फोल्डेबल (पट्याउन मिल्ने) फोन उत्पादन गर्ने घोषणा गरेपछि आगामी वर्ष यस्तै फोनको चर्चा बढी हुने पक्का छ । सामसङसहित यो दौडमा ओप्पो पनि सामेल भएको छ । क्यामेरा फोनका लागि चर्चित कम्पनीले ओप्पोले आगामी वर्ष हुने मोबाइल वल्र्ड कंग्रेसमा आफ्नो फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ ।
स्पेनको बार्सिलोनामा आउँदो फेब्रुअरी अन्तिम साता मोबाइल वल्र्ड कंग्रेस हुँदै छ । हरेक वर्ष यो अवसरमा विश्वभरका मोबाइल निर्माता कम्पनीहरूले आफ्नो नयाँ फोनको घोषणा र सार्वजनिक गर्दै आएका छन् । ओप्पोले दुई किसिमको डिजाइनको लागि प्याटेन्ट दर्ता गरेको जनाइएको छ । एउटा डिजाइन सामसङको फोल्डेबल फोनको जस्तो छ । जुन दुवै स्क्रिनमा हेर्दा ट्याबजस्तो देखिन्छ भने पट्याउँदा बाक्लो मोबाइल जस्तो । अर्को डिजाइन भने तीन स्क्रिनसहितको हुनेछ ।