कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अलो अब बन्द

काठमाडौँ — गुगलले आफ्नो म्यासेजिङ एप अलो बन्द गर्ने भएको छ । गुगलले आगामी वर्षको मार्चदेखि यो एप बन्द गर्ने घोषणा गर्‍यो । सन् २०१६ सेप्टेम्बरमा सुरु गरिएको यो एपले प्रयोगकर्तालाई आकर्षित गर्न सकेको छैन । बरु, अलोसँगै रिलिज भएको भिडियो कलिङ एप डुओमा प्रयोगकर्ताको आकर्षण छ ।

अलो अब बन्द

ह्वाट्सएप र आइम्यासेजको प्रतिस्पर्धीका रूपमा हेरिएको अलोमा गुगलले गुगल असिस्टेन्टलाई महत्त्व दिएको छ । आईओएस, एन्ड्रोइडसहित ब्राउजरमा समेत प्रयोग गर्न सकिने गरी यसलाई लञ्च गरिएको थियो । गुगलले आफ्नो अर्को म्यासेजिङ एप ‘म्यासेज’ मा ध्यान केन्द्रित गर्ने घोषणा गरेको छ । म्यासेजका प्रयोगकर्ता साढे १७ करोड भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?