कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

युट्युबप्रति रोष

युट्युबले तयार पारेको भिडियोमा प्रयोगकर्ताको सबैभन्दा बढी डिसलाइक ।
हेलो शुक्रबार

काठमाडौँ — युट्युबले हरेक वर्षको अन्त्यमा वर्षभरि युट्युबमा चर्चामा रहेका युट्युबर र सेलिब्रेटी समेटेर भिडियो तयार पार्ने गर्छ, जसलाई युट्युब रिवाइन्ड नाम दिइन्छ । युट्युबले केही वर्षयता यस्तो भिडियो तयार पार्दै आएको छ । वर्षभरि चर्चित भएका सेलिब्रेटीलाई समेटेर तयार पारिएको भिडियो भएकाले स्वाभाविक रूपमा यसको चर्चा हुने नै भयो ।

युट्युबप्रति रोष

तर, युट्युब आफंैले राखेको अहिले सकारात्मक कारणले नभई नकारात्मक कारणले चर्चामा छ । वर्षभरिका चर्चित सेलिब्रेटी र च्यानललाई राखेर बनाइएको यो भिडियो युट्युब इतिहासमै सबैभन्दा धेरै डिसलाइक पाउने भिडियो बन्यो । मंगलबार दिउँसोसम्म यो भिडियोमा डिसलाइक गर्नेको संख्या ८० लाख नाघेको छ । युट्युब इतिहासमै यो सबैभन्दा धेरै डिसलाइक पाउने दोस्रो भिडियो हो । सबैभन्दा बढी डिसलाइक पाउने भिडियो जस्टिन विवरको बेबी हो । आठ वर्षअघि रिलिज भएको यस गीतको भिडियोमा डिसलाइक संख्या करिब एक करोड पुगेको छ ।


युट्युबले तयार पारेको रिवाइन्ड भिडियोमा भने चार दिनमै ८० लाख बढी डिसलाइक भयो । यही रफ्तारमा जाने हो भने यो युट्युबको आफ्नै प्लेटफर्मको इतिहासमै सबैभन्दा बढी मन नपराइएको भिडियो बन्नेछ । युट्युबले अघिल्लो वर्ष तयार पारेको रिवाइन्ड भिडियोमा २० लाखमात्रै डिसलाइक छ । यसपालि धेरै डिसलाइक पाउनुको कारण भने फरक छ ।


युट्युबले यो वर्ष तयार पारेको भिडियोमा दर्जनौं सेलिब्रेटी र युट्युबरलाई समावेश गरेका भए पनि भिडियोमा आएको कमेन्टलाई हेर्दा फ्यानहरूले आफ्नो प्रिय युट्युबरलाई भिडियोमा समावेश नगरेको आक्रोश पोखेका छन् । यही झोकमा प्रयोगकर्ताले धमाधम डिसलाइक गर्दै भिडियोप्रति रोष व्यक्त गरेका हुन् । कमेन्ट गर्नेहरूले विशेषत: पिउ डाइपाई, सेन डसन, लोगन र पल, ज वेलरजस्ता युट्युबर समावेश नभएकामा गाली गरेका छन् ।


यसबाहेक युट्युबले सन् २०१८ मा आफ्नो प्लेटफर्ममा सबैभन्दा बढी हेरिएको, सबैभन्दा बढी ट्ेरन्डिङमा परेका, विभिन्न विधामा चर्चित रहेका भिडियोको सूची पनि सार्वजनिक गरेको छ । तर, आफ्नै प्लेटफर्ममा आफैंले भिडियो हाल्दा प्रयोगकर्ताबाट यो विधिबाट डिसलाइक पाउनुलाई रोचक मानिएको छ ।

प्रकाशित : मंसिर २८, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?