ह्वाट्सएपमा फिंगर प्रिन्ट सेन्सर

हेलो टेक

काठमाडौँ — म्यासेज सेयरिङ एप ह्वाट्सएपले सुरक्षाका लागि प्रयोगकर्ताको पिंmगर प्रिन्ट राख्न मिल्ने सुविधा ल्याउने भएको छ । उसले परीक्षण गरिरहेको आगामी अपडेटमा यो सुविधा हुन सक्ने जनाइएको छ ।

ह्वाट्सएपमा फिंगर प्रिन्ट सेन्सर

अहिले मोबाइलमा ह्वाट्सएपसहित अन्य एपमालाई पासवर्ड राख्नका लागि थर्ड पार्टी एपको प्रयोग गर्नुपर्ने अवस्था छ । ह्वाट्सएपले यो फिचर सार्वजनिक गरे प्रयोगकर्ताले आफ्नो पिंmगर प्रिन्टबाट मात्रै ह्वाट्सएप खुल्ने सुविधा प्रयोग गर्न पाउनेछन् । यसले विशेषत: आफ्नो ह्वाट्सएपको म्यासेज अर्को व्यक्तिले पढ्नबाट रोक्न सक्छ ।


कम्पनीले यसअघि नै प्रयोगकर्ताबाट यस्ता खालका फिचरका लागि अनुरोध आइरहेको खुलासा गरिरहेको थियो । नयाँ फिचरबारे ह्वाट्सएपले आधिकारिक पुष्टि नगरे पनि उसले परीक्षण गरिरहेको नयाँ अपडेटमा यो फिचर भेटिएपछि तथ्य सार्वजनिक भएको हो । सुरुवाती चरणमा यो आइफोनमा मात्रै उपलब्ध हुनेछ । आइफोन प्रयोगकर्ताले फिंगर प्रिन्ट मात्रै नभई अनुहारलाई पनि पासवर्डका रूपमा प्रयोग गर्न सक्नेछन् ।


प्रकाशित : माघ ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?