एप्पलले माग्यो माफी

हेलो टेक

काठमाडौँ — आफ्नो लोकप्रिय फेसटाइम एपमा समस्या देखिएपछि एप्पलले माफी मागेको छ ।

एप्पलले माग्यो माफी

अडियो र भिडियो कल गर्न मिल्ने एपमा समस्या देखिएपछि कुनै प्रयोगकर्ताले अर्को प्रयोगकर्ताको कल रिसिभ गर्नु अघि नै आवाज र भिडियो देख्ने समस्या भएको थियो ।


यो समस्या अहिले आफ्नो सर्भरमा समाधान भएको र प्रयोगकर्तालाई यसै साता नयाँ अपडेट दिइने एप्पलले जनाएको छ । यही समस्याका कारण गत सोमबार केही बेर फेसटाइमको सेवा बन्द गरिएको थियो । एप्पलले फेसटाइम प्रयोगकर्तालाई यो समस्या समाधानका लागि यसै साता सार्वजनिक हुने अपडेट लिन सुझाव दिएको छ ।

प्रकाशित : माघ २५, २०७५ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?