२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

ब्याकस्ट्रिट ब्वाइजको पुनरागमन

नयाँ एल्बम डीएनएका लागि नयाँ नै रणनीति अपनाएका छन् । अरु नाम चलेका केही ब्यान्डले जस्तै आफ्नो पछिल्लो एल्बमलाई टुरको टिकटसँग उपलब्ध गराएका छन् ।

काठमाडौँ — व्याकस्ट्रिट ब्वाइजले यो उपलब्धिका लागि साँच्चै २० वर्ष कुर्नुपर्‍यो, तर यो ब्यान्डको पुनरागमन आपैंmमा अद्वितीय भने छ ।

ब्याकस्ट्रिट ब्वाइजको पुनरागमन

अहिले चारैतर्फ यही ब्वाई ब्यान्डको चर्चा छ । अब पनि यसलाई ब्वाई ब्यान्ड भन्न मिल्ला र ? पक्कै पनि ब्यान्डका सदस्यहरू पहिले जस्तो कहाँ कलिला युवा रहे र ? तर पनि ब्यान्डका गीत भने उस्तै छन्, युवा पुस्तामा केन्द्रित ।


कुनै समय थियो, जति बेला ब्याकस्ट्रिट ब्वाइजले खुबै तहल्का मच्चाएको थियो । फेरि यस्तै तहल्का मच्चाइरहेको छ । ब्यान्डले केही समय भयो, आफ्नो नयाँ एल्बम निकालेको, ‘डीएनए’ को नाममा । अहिले यही एल्बमले भर्खरै बिलबोर्ड चार्ट्समा नम्बर १ स्थान कब्जा गरेको छ । सन् २००० मा ब्यान्डको त्यति बेलाको एल्बम ‘ब्ल्याक एन्ड ब्लु’ यसरी नै नम्बर १ स्थानमा पुगेको थियो । आरसीआर रेकर्डले निकालेको अहिलेको एल्बम यो साताको सबैभन्दा बढी बिक्री हुनेमा पनि परेको छ । फेरि एकपल्ट अहिलेको युवा पुस्ताले पनि ब्यान्डप्रति उस्तै माया देखाएको छ ।


ब्याकस्ट्रिट ब्वाइज अर्थात् अमेरिकाको त्यो भोकल ग्रुप हो, जसका सदस्य हुन्, एज म्याकलिन, हो डोरोग, निक कार्टर, केभिन रिचर्डसन र ब्रायन लिटरेल । सन् १९९३ मा ब्यान्डको स्थापना भएको थियो, फ्लोरिडाको ओरलान्डोमा । यो कति पुरानो कुरा हो भने जति बेला ब्यान्ड बन्यो, त्यति बेला आई ट्युन्स भन्ने थिएन । हुँदा हुँदा अमेरिकन आइडल पनि सुरु भएको थिएन । ब्यान्ड बनेको दुई वर्षपछि त यो कार्यक्रम सुरु भएको थियो ।


अनि जति बेला ‘ब्ल्याक एन्ड ब्लु’ नम्बर १ भएको थियो, त्यति बेला भर्खरै सीडीको जमाना चलिरहेको थियो । सीडीकै बिक्रीको आधारमा त्यो एल्बम शीर्ष स्थानमा पुगेको थियो । अहिले नम्बर १ चयन गर्ने चलन पनि नयाँ भइसकेको छ । अहिले बिलबोर्डले स्ट्रिमिङ सर्भिसमा जुन गीत बढी क्लिक हुन्छ, त्यही अगाडि हुन्छ । यस्तोमा ब्याकस्ट्रिट ब्वाइजले आफ्नै आँखा गाडी ठूलै कालखण्डको यात्रा तय गरेको छ । समयको आधारमा यो कमै होला पनि ।


तर प्रविधिको आधारमा धेरै । ब्यान्डका पाँचै सदस्य अहिले ४० वर्षको हाराहारीमा पुगिसकेका छन् । उनीहरू पनि नयाँ एल्बम डीएनएका लागि नयाँ नै रणनीति अपनाएका छन् । बन जोभी र अरू नाम चलेका केही ब्यान्डले जस्तै ब्याकस्ट्रिट ब्वाइजले पनि आफ्नो पछिल्लो एल्बमलाई टुरको टिकटसँग उपलब्ध गराएका छन् । अर्थात् ब्यान्ड अहिले टुरमा निस्कने क्रममा छ । जसले त्यो टुरको एउटा टिकट किन्यो, उसले अब एल्बम पनि पायो ।


डीएनए आपैंmमा भने ब्यान्डको सातौं स्टुडियो एल्बम हो । रिलिज भएको दिन पनि भर्खरै भने हुन्छ, २५ जनवरी । एल्बमका प्रमुख गीतहरू ‘डन्ट गो ब्रेकिङ माइ हार्ट्स’, ‘चान्सेस’ र ‘नो प्लेस’ अहिले खुबै लोकप्रिय भएका छन् । ब्यान्डले आफ्नो टुर भने मे महिनाबाट सुरु गर्दैछ र पहिलो गन्तव्य रहेको छ, पोर्चुगलको लिस्वन । एल्बममा कुल १२ गीत छन् । टुरका क्रममा ब्यान्ड अझ चर्चामा रहनेछ र एल्बम फेरि बिक्रीमा अगाडि पर्नेछ । यो ब्यान्डको महान्् पुनरागमन नै हुनेछ ।
–हिमेश

प्रकाशित : माघ २५, २०७५ ११:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?