१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डाटा सेयर नगर्न चेतावनी

कान्तिपुर संवाददाता

काठमाडौँ — जर्मनीको एक निकायले फेसबुकलाई प्रयोगकर्ताका डाटाहरू आफ्ना स्वामित्वको अन्य एपसँग सेयर नगर्न चेतावनी दिएको थियो ।

डाटा सेयर नगर्न चेतावनी

केही साताअघि मात्रै फेसबुकले म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्रामको म्यासेजिङ सेवालाई एकीकृत रूपमा सञ्चालन गर्ने खबर सार्वजनिक भएपछि जर्मनीले यस्तो चेतावनी दिएको हो ।


जर्मनीको गोपनीयतासम्बन्धी काम गर्ने निकाय फेडरल कार्टेल अफिसले फेसबुकलाई प्रयोगकर्तालाई आफ्ना धेरै विवरण दिन बाध्य नपार्न पनि चेतावनी दिएको छ । जर्मन निकायको यो चेतावनीले फेसबुकलाई आफ्नो सबै सेवा एकीकृत गर्ने योजनामा धक्का पुग्नेछ । गत वर्षदेखि लागू भएको ईयूको जनरल डाटा प्रोटेक्सन रेगुलेसनको आधारमा पनि जर्मनीले फेसबुकलाई कारबाही गर्न सक्छ ।

प्रकाशित : फाल्गुन ३, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?