कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भीमकाय शरीर

किरण पाण्डे

काठमाडौँ —  
शारीरिक सुगठनमा ‘द विस्ट’ अर्थात् दानव उपनामले परिचित रोली विंकलार गत साता आईएफबीबी प्रोफेसनल बडीबिल्डिङ प्रो क्वालिफायरका लागि काठमाडौं आएका थिए  । ‘गेस्ट पोजर’ का रूपमा निम्त्याइएका उनी यस खेलमा संसारकै सबैभन्दा ठूलो शरीर भएका व्यक्ति हुन्  ।

भीमकाय शरीर

शारीरिक सुगठनमा ‘द विस्ट’ अर्थात् दानव उपनामले परिचित रोली विंकलार गत साता आईएफबीबी प्रोफेसनल बडीबिल्डिङ प्रो क्वालिफायरका लागि काठमाडौं आएका थिए । ‘गेस्ट पोजर’ का रूपमा निम्त्याइएका उनी यस खेलमा संसारकै सबैभन्दा ठूलो शरीर भएका व्यक्ति हुन् । नेदरल्यान्ड्समा जन्मिएका उनी सन् २०१८ मा भएको मिस्टर ओलम्पियामा तेस्रो हुनुका साथै पिपुल्स च्वाइस अवार्डका विजेता पनि हुन् । सन् १९७७ जुन २२ मा जन्मिएका रोलीे २००९ मा एनपीसी आर्नोल्ड एमेच्योर हुँदै शारीरिक सुगठनमा व्यावसायिक खेलाडी बनेका हुन् । सत्ताइस वर्षको छँदा कार दुर्घटनामा परेका रोलीले त्यसयता फिजियोथेरापीका क्रममा शारीरिक सुगठनबारे थाहा पाएका थिए । उनले त्यसैलाई निरन्तरता दिए र ६ वर्षपछि नै व्यावसायिक खेलाडीका रूपमा स्थापित भए ।


नेपालमै पहिलोपल्ट आयोजना भएको मिस्टर ओलम्पिया ः प्रो क्वालिफायरको प्रवर्द्धनका लागि उनी काठमाडौं आएका थिए । त्यसैले उनी शनिबार प्रज्ञा भवनमा भएको कार्यक्रममा मुख्य आकर्षण त बने नै । भीमकाय शरीरका उनले गेस्ट पोजरका रूपमा आफ्नो प्रस्तुतिमात्र दिएनन्, हलमा उपस्थित दर्शकसँगै सेल्फीसमेत लिन भ्याए ।सुगठित शरीरले विश्वभर प्रशंसक कमाएका रोली सामाजिक सञ्जालमा पनि उक्तिकै सत्रिय छन् । इन्स्टाग्राममा मात्र उनको १३ लाख बढी फलोअर्स छन्, जहाँ उनले प्रतियोगिता, जिम, डाइटबारे अक्सर पोस्ट गर्छन् । तीन सन्तानका पिता ४१ वर्षीय रोलीले चार दिन काठमाडौंमा रहँदा बालकुमारीको केज जिम सेन्टरमा जिम गर्न पनि भ्याए ।चार प्रो कार्डका लागि शनिबार मिस्टर ओलम्पिया छनोट प्रतियोगिता आयोजना भएको थियो, जहाँ नेपाल, भारत, साउदी अरेबिया, इरान, सिरिया, यूएईलगायत देशहरूबाट २० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए । नेपालबाट १ महिला र ५ पुरुषको सहभागिता थियो ।


वुमेन्स फिजिक्स, मेन्स ओभरअल, मेन्स फिजिक्स र मेन्स क्लासिक फिजिक्स गरी चार विधाबाट एक—एक खेलाडीलाई मिस्टर ओलम्पियाका लागि प्रो कार्ड प्रदान गरिएको थियो । नेपाली खेलाडी विनिता राईले वुमेन्स फिजिक्सबाट प्रो कार्ड हात पारिन् । उनी अमेरिकाको लस भेगासमा सेप्टेम्बर, २०१९ मा हुने मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गर्नेछिन् । प्रो कार्ड जीवनभरका लागि हुने भएकाले उनले यस सिजन तयारी गरी अर्को सिजनदेखि ओलम्पियामा सहभागी हुने बताइन् । मिस्टर ओलम्पियाका लागि प्रो कार्ड पाउने उनी पहिलो नेपाली हुन् । अरू विधामा भारत, सिरिया र यूएईका खेलाडी सफल भए ।

रोली विंकलार
उमेर ः ४१ वर्ष
उचाइ ः ५ फिट ६ ईन्च
तौल ः १३५ केजी
पाखुराको साइज ः २ फिट
छातीको साइज ः २.११ फिट
घाँटीको साइज ः १.७ फिट
दैनिक डाइट ः
ब्रेकफास्ट ः प्रोटिन सेक, ७५ ग्रामओट्स मिल्क र काजु, छोकडा, किसमिस, १० वटा अण्डा (सेतो भागमात्र), उसिनेको आलु र ब्रो–काउली
लन्च ः ३०० ग्राम माछा, भात, हरियो सागपात र तरकारी
डिनर ः २०० ग्राम कुखुराको मासु, हरियो सागपात र सलाद
सुत्नुअघि ः प्रोटिन सेक, ७५ ग्रामओट्स मिल्क र केरा

[email protected]

प्रकाशित : फाल्गुन १०, २०७५ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?