कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सुपरस्टार

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फुटबलमा अहिलेको पुस्ताका सबभन्दा ठूला स्टार हुन्, रोहित चन्द  । सुर्खेतका उनले व्यावसायिक करिअरको पहिलो सिजन मात्रै स्वदेशमा लिग खेले  ।

सुपरस्टार

नेपाली फुटबलमा अहिलेको पुस्ताका सबभन्दा ठूला स्टार हुन्, रोहित चन्द । सुर्खेतका उनले व्यावसायिक करिअरको पहिलो सिजन मात्रै स्वदेशमा लिग खेले । त्यसपछि भारतको आई लिग खेले । र, पुगे इन्डोनेसिया । उनी इन्डोनेसियाको पहिलो डिभिजन क्लब पर्सिजा जकार्तासँग एक सिजनको नयाँ सम्झौता गर्दै फेरि विदेश उडिसकेका छन् । २६ वर्षीय उनको करिअर:

सन् २०१०
क्लब: मछिन्द्र
लिग: सहिद स्मारक ‘ए’ डिभिजन, नेपाल
स्थान: छैटौं
उपलब्धि: लिगको उत्कृष्ट डिफेन्डर

सन् २०१२
क्लब: हिन्दुस्तान एरोनटिक्स लिमिटेड
लिग: आई लिग, भारत
स्थान: १४ औं (रेलिगेसनमा परेको)

सन् २०१३
क्लब: पीएसपीएस पेकनबरु
लिग: इन्डोनेसिया सुपरलिग
स्थान: १८ औं (रेलिगेसनमा परेको)

सन् २०१४
क्लब: पर्सिजा जकार्ता
लिग: इन्डोनेसिया सुपरलिग
स्थान: पाँचौं (पश्चिमी क्षेत्र)

सन् २०१५
क्लब: पर्सिजा जकार्ता
लिग: इन्डोनेसिया सुपरलिग
स्थान: ११ औं

सन् २०१६
क्लब: टि–टिम, मलेसिया
(लिगपूर्व घुँडाको शल्यक्रिया,
पूरा सिजन बाहिर)

सन् २०१७
क्लब: पर्सिजा जकार्ता
लिग: लिग वन, इन्डोनेसिया
स्थान: चौथो

सन् २०१८
क्लब: पर्सिजा जकार्ता
लिग: लिग वन, इन्डोनेसिया


उपलब्धि:
– लिग च्याम्पियन
– इन्डोनेसिया कपको उपाधि
– एएफसी कपको नकआउट चरण
– लिग वनको सर्वोत्कृष्ट खेलाडी

प्रकाशित : फाल्गुन १०, २०७५ १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?