म्यासेन्जरमा डार्क मोड
काठमाडौँ — म्यासेन्जरले पनि डार्क मोड उपलब्ध गराउने भएको छ । विशेषगरी रातिको समयमा डार्क मोड उपयोगी हुनेछ ।
म्यासेन्जरले पनि डार्क मोड उपलब्ध गराउने भएको छ । विशेषगरी रातिको समयमा डार्क मोड उपयोगी हुनेछ । यसले प्रयोगकर्ताको आँखालाई सहज बनाउनेछ । यो सार्वजनिक भइसकेको छैन तर प्रयोगकर्ताले यसलाई म्यानुअल्ली प्रयोग गर्न भने सक्छन् ।
च्याटका क्रममा कुनै साथीलाई चन्द्रमाको संकेत पठाएमा प्रयोगकर्ताले डार्क मोडको सुविधा पाउँछन् । अहिले यो सबै देशका प्रयोगकर्ताले प्रयोगका लागि पाउने छैनन् । नेपाल र भारतसहित केही देशमा प्रयोगकर्ताले च्याटमा चन्द्रमाको इमोजी पठाएर यसको प्रयोग गर्न सक्छन् । कसैलाई चन्द्रमा इमोजी पठाउनेबित्तिकै सेटिङमा गएर डार्क मोड अन गर्ने सूचना पाउन सकिन्छ । फेसबुकले गत अक्टोबरमा यो फिचर ल्याउने घोषणा गरेको थियो ।