हाइड ट्वीट फिचर

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वीटरले नयाँ फिचर सार्वजनिक गर्ने भएको छ  । हाइड ट्वीट नाम दिइएको यो फिचरले आफूले गर्ने रिप्लाई अन्य प्रयोगकर्तालाई नदेखाउन मिल्ने बनाउन सघाउँछ  ।

महत्त्वपूर्ण बहस भइरहेका बेलामा घृणात्मक ट्वीट गर्ने वा नचाहिने ट्वीट गर्नेहरूबाट मुक्ति दिन यस्तो फिचर सार्वजनिक गर्न लागेको दाबी गरेको छ । तर, केहीले भने यस्ता फिचरले आलोचनाबाट बच्नका लागि बढी प्रयोग हुन सक्ने अनुमान गरेका छन् । कुनै चर्चित व्यक्तिले आफ्नो आलोचकलाई आफ्नो ट्वीट नदेखाउन यो फिचर प्रयोग गर्न सक्ने शंका उब्जिएको हो । ट्वीटरमा यसअघि नै कुनै ह्यान्डलको ट्वीट म्युट गर्ने वा ब्लक गर्ने फिचर छन् ।

Citizen

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

च्याट गर्दा पैसा

कान्तिपुर संवाददाता

काठमाडौँ — हामीले च्याट गर्दा इन्टरनेटबाहेकको पैसा तिर्नु पर्दैन  । तर, एक जना उद्यमीले तयार पारेको एक्स्पेन्सिभ च्याटमा भने मानिसहरूले प्रतिअक्षर पैसा तिर्नुपर्छ  ।

रुसी नागरिकले बनाएको यो प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो परिचयसहित खाता खोल्नका लागि क्रेडिट कार्ड पनि भर्नुपर्ने हुन्छ ।


अचम्म के भने पैसा तिरेर च्याट गर्नुपर्ने ठाउँमा पनि करिब सय जना हाराहारीमा प्रयोगकर्ताहरू सक्रिय भइरहेका छन् । प्रयोगकर्ता नबनेका व्यक्तिले पनि त्यहाँ भइरहेको च्याट हेर्न सक्छ तर च्याट गर्न भने पैसा तिर्नैपर्छ । यहाँ लेखिएका हरेक अक्षरको कति पैसा काटिएको छ भन्ने विवरण पनि च्याटको छेउमा देखाइन्छ भने उक्त बेला सबैभन्दा बढी अक्षर लेखेर धेरै पैसा गुमाउनेको विवरण पनि देखाइएको हुन्छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT