२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

वीच्याटको बाटोमा फेसबुक

हेलो शुक्रबार

काठमाडौँ —  
वीच्याट चीनमा निकै लोकप्रिय छ  । चीनमा मात्रै उसको करिब ८० लाख प्रयोगकर्ता भएको अनुमान छ  ।

वीच्याटको बाटोमा फेसबुक

चीनबाहेकका मुलुक जोड्ने हो भने वीच्याटको मासिक प्रयोगकर्ता १ अर्ब बढी छन् । चिनियाँका लागि वीच्याट नै सबैथोक हो । सामान्य भाषामा भन्दा मोबाइलमा वीच्याट भए अन्य एपको आवश्यकता बिरलै पर्छ । वीच्याटबाटै फिल्मको टिकट काट्नेदेखि ट्याक्सी बोलाउने र अनलाइनबाट सामान अर्डर गर्न मिल्छ । फेसबुकमा जस्तै फोटो र भिडियो पोस्ट गर्न मिल्छ अनि आफ्ना साथीका तस्बिरहरू हेरेर लाइक र कमेन्ट गर्न पनि मिल्छ । एउटै एपमा सबै थोक अटाएको वीच्याट चीनबाहिर त्यति धेरै लोकप्रिय छैन् तर चीन बाहेकको विश्वमा सबैभन्दा बढी प्रयोगकर्ता भएको फेसबुक भने यसबाट निकै नै प्रभावित जस्तो देखिन्छ ।


फेसबुकले पछिल्लो पटक चालेको कदम र यसका मालिक मार्क जुकरवर्गले केही साता अघि सार्वजनिक गरेको पोस्टलाई आधार मान्दा फेसबुक वीच्याटको बाटोमा रहेको छनक पाउन सकिन्छ । आफ्नो तीन हजारभन्दा बढी लामो ब्लग पोस्ट सार्वजनिक गर्दै फेसबुकका मालिक मार्क जुकरवर्गले भनेका छन्– अबको हाम्रो ध्यान सुरक्षित म्यासेजिङमा रहन्छ । पछिल्लो वर्ष फेसबुकले निकै ठूला–ठूला समस्या झेल्नुपर्यो । ती अधिकांश समस्या प्रयोगकर्ताको तथ्यांकसँग सम्बन्धित थिए । कहिले क्याम्ब्रिज एनालिटिकाले फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग गरेको त र कहिले तेस्रो पक्षलाई फेसबुकले आफ्नो प्रयोगकर्ताको तथ्यांक बिक्री गरेको खबरहरू बाहिररहे । यसैको प्रभाव हुन सक्छ फेसबुकमा नयाँ पुस्ताको प्रयोगकर्ताहरू विश्वास हराएको छ । उनीहरू आफूले गर्ने म्यासेजको सुरक्षाका लागि अन्य एपहरू प्रयोग गर्न थालेका छन् ताकि बारम्बार तथ्यांक सुरक्षा गर्न नसकेको फेसबुकको कुनै काण्डमा आफ्नो तथ्यांक चोरिएको अनुभूति गर्न नपरोस् ।


मार्क जुकरवर्गले आफ्नो पोस्टमा यो पनि भनेका छन् कि आफ्नो प्रयोगकर्तालाई सुरक्षित म्यासेजिङ अनुभव गराउन उनको टोलीको ध्यान केन्द्रित हुनेछ र अब फेसबुकले पोस्टमा भन्दा म्यासेज सर्भिसमा ध्यान दिनेछ ।
उनले फेसबुकलाई प्रयोगकर्ताका लागि आवश्यक पर्ने सबै थोक उपलब्ध हुने एक थलो बनाउने घोषणा गरेका छन् । उनको भनाइलाई साथ दिन फेसबुकको पछिल्लो पटकको कदम हेर्दा पुग्छ । फेसबुकले आफ्नो एपमा फन्ड उठाउने सुविधादेखि जागिर खोज्न मिल्ने फिचर राखेको छ ।


फेरि आफूअन्तर्गतको म्यासेन्जर सर्भिसमा ती सबै चीजहरू थप्दै गएको छ जुन बजारमा उपलब्ध हुने नयाँ म्यासेजिङ सर्भिसमा होस् । फेसबुकको एपमा भिडियो हेर्नको लागि छुट्टै वाच सर्भिस दिइएको छ भने म्यासेन्जलाई पनि छुट्टै सेवाका रूपमा चित्रित गरी वेब भर्सनमा उपलब्ध गराइएको छ । फेसबुकले आफ्नो म्यासेजिङ सर्भिसमा क्रस म्यासेजिङ सुविधा हुने घोषणा गरिसकेको छ । यसको अर्थ हो फेसबुकको कुनै एक एफबाट एक व्यक्तिलाई गरिएको म्यासेज अर्को व्यत्तिलाई अर्को एपबाट गर्दा पनि निरन्तर रहन्छ । फेसबुकको पछिल्लो कदम र मार्क जुकरवर्गको पछिल्ला भनाइको अर्थ हो फेसबुक आफ्ना प्रयोगकर्तालाई सबै सेवा आफ्नै एपबाट दिन चाहन्छ । म्यासेज गर्ने होस् वा सामान किन्ने । फिल्म हेर्ने होस् वा रेस्टुरेन्ट छान्ने अवसर सबै एक एपबाट दिँदा यो चिनियाँ एप वीच्याटभन्दा फरक नहुन सक्छ ।


वीच्याटलाई नभएको सुविधा भने फेसबुकले पाउने छ । चीन सरकारले आफ्नो नियन्त्रणमा भएको वीच्याटको लोकप्रियताको लागि सहायता दिइरहेको छ । चीन सरकारले फेसबुकलाई २००९ यता प्रतिबन्ध लगाएको छ । योबाहेक कोरियाली कम्पनी लाइन र फेसबुक स्वामित्वको ह्वाट्सएप पनि चीनमा क्रमशः २०१३ र २०१७ यता प्रतिबन्ध छन् ।बाहिरी एप आफ्नो देशमा प्रतिबन्ध भएपछि वीच्याटले लोकप्रिय हुने मौका पाएको छ तर चीनबाहिर उसको सफलता नगण्य छ । चीनबाहिरको विशाल जनसंख्या वीच्याटजस्तै फिचरबाट आकर्षित गर्ने अवसर भने फेसबुकलाई हुने छ । तर, त्यो बेलासम्म फेसबुक आफैंको लोकप्रियता भने कति रहला ? यो भने अब प्रयोगकर्ताको तथ्यांक सुरक्षामा फेसबुकले देखाउने सजगता र उसले ल्याउने फिचरमा निर्झर रहन्छ ।

[email protected]

प्रकाशित : चैत्र १, २०७५ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?