कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नाति डिलन

डिलनको परिवारबाट अर्को कोही संगीत क्षेत्रमा आयो भन्दा अचम्म मान्ने धेरै छन् । पाब्लोको भने आफ्नै ठूलो सपना छ, आफ्नो बाजेजत्तिकै सफmल र चर्चित बन्ने ।
हिमेश

काठमाडौँ — बब डिलनबारे के मात्र लेखिएन होला  । यी नोबल पुरस्कार विजेता अमेरिकी गायक तथा गीतकारलाई विश्व संगीतले पाएका सबैभन्दा ठूलो व्यक्तित्व मानिन्छ  ।

नाति डिलन

धेरैलाई के थाहा नहुन सक्छ भने उनीपछि उनको डिलन परिवारबाट अरू संगीत क्षेत्रमा विरलै आए । भनिन्छ, परिवारका अरू कसैलाई पनि संगीत क्षेत्रमा आउन दिइएन । एकपल्ट भाइ ज्याकोब डिलनले विद्रोह गर्न प्रयास गरे, तर उनी कता हो कता हराइहाले । अब नाति डिलनको पालो ।


त्यसो भनेको पाब्लो डिलन । उनीसम्म आइपुग्दा विद्रोह गर्नुपर्ने स्थिति रहेन, परिस्थिति फेरियो । तर पनि डिलनको परिवारबाट अर्को कोही संगीत क्षेत्रमा आयो भन्दा अचम्म मान्ने धेरै छन् । पाब्लोको भने आफ्नै ठूलो सपना छ, आफ्नो बाजेजत्तिकै सफल र चर्चित बन्ने । उनी बल डिलनका जेठा छोरा जेसेका छोरा हुन् । पाब्लोकै भाषामा विश्व संगीतका सबैभन्दा ठूला स्टार बन्न चाहन्छन्, उनी । धेरैले पाब्लोभन्दा तत्काल पाब्लो इस्कोबार सम्झन्छन् ।


यी नाति डिलनको नाम जुरेको ती कुख्यात व्यक्तिबाट होइन, बरु हो त पाब्लो नेरुदाबाट । उनी नोबल पुरस्कार विजेता साहित्यकार हुन् । अहिले तत्काल भने पाब्लो डिलनले नयाँ एल्बम तयार गरेका छन् र त्यसै कारणले उनी समाचारमा छाएका छन् । केही समय अगाडि पनि उनी बाक्लो चर्चामै थिए, जति बेला उनी १५ वर्षका थिए । उनी र्‍याप गीत गाउँथे र यसमै मस्तसँग डुबेका थिए । अरू आम अमेरिकी किशोर जस्तै उनी बास्केटबलका सौखिन थिए ।


उचाइले साथ नदिएर मात्र हो, उनी बास्केटबलकै खेलाडी हुन चाहन्थे । उनी सुरुदेखि नै हिपहप र आर एन्ड बी संगीतमा आकर्षित भए । उनले त्यति बेला भनेका थिए, ‘म आफ्नो हजुरबुबालाई अहिलेको समयका जेजे मान्छु ।’ धेरैले यसलाई स्वाद लिएर सुने । तर उनका गीतलाई कसैले पनि ध्यान दिएनन्, सुरुमा । आखिरमा उनी भर्खरको किशोर नै त थिए । खालि उनको परिचयमा डिलन जोडिएको थियो । पछि त्यसै कारणले उनका गीत सुन्ने पनि निस्के ।


‘त्यति बेला म पटक्कै गम्भीर थिइनँ । संगीत मेरा लागि खासै केही थिएन । अब म गम्भीर छु । म पनि
आफ्नो हजुरबुबा जस्तै हुन चाहन्छु,’ उनले हालै रोलिङ स्टोन पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन् । उनको एल्बमको नाम हो, ‘फाइनेस्ट समरसल्ट’ । रमाइलो के भने यसमा र्‍याप गीत छैनन् । उनी अहिले २३ वर्षका भए । केही हदसम्म परिपक्व पनि भए । उनले पुराना दिन बिर्सेर अहिले ‘फोल्क रक’ मा केन्द्रित छन् । उनको एल्बममा यसै प्रकारका गीत छन् ।


उनले संगीत सिकेको पनि आफ्नै मिहिनेतले हो, यसमा परिवारका कोही सदस्यको खास सहयोग छैन । अहिले उनी र्‍याप संगीतबाट ‘फोल्क रक’ मा किन मोडिए त ? यसबारे पनि उनले उत्तर दिने प्रयास गरेका छन् र यो गम्भीर सुनिन्छ । उनले भनेका छन्, ‘कसले के कस्तो गायो, त्यो महत्त्वपूर्ण होइन । खालि काम नै ठूलो हो । कामकै लागि कसैलाई पनि पछिसम्म सम्झिने हो ।’ सायद बब डिलनको नातिबाट यस्तै उत्तर त अपेक्षा हुन्छ । अब उनले तय गर्ने बाटो भने पक्कै पछ्याउन लायक हुन्छ किनभने उनी नाति डिलन हुन् ।

[email protected]

प्रकाशित : चैत्र १५, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?