हरेक पोस्टको कारण

कान्तिपुर संवाददाता

काठमाडौँ — हामीले फेसबुकमा के हेर्छौं ? सबै फmेसबुकको एल्गोरिदमले निर्धारण गर्छ  । हामीले धेरै अन्तर्क्रिया गर्ने व्यत्ति, विषय र समयको आधारमा हामीले विभिन्न खालका पोस्टहरू देख्छौं  ।

कहिलेकाहीँ मिल्ने साथीको पोस्ट फिडमा देखिन्न तर कहिल्यै च्याट नगरेको व्यक्तिको फिड देखिन्छ । यस्तो अवस्थामा हामीलाई आफ्नो फिडमा यो पोस्ट किन आयो भन्ने सोचेर अचम्म लागेको हुन्छ ।


फेसबुकले अब भने प्रयोगकर्तालाई देखाउने हरेक पोस्टमा कारण दिने भएको छ । फेसबुकको हरेक पोस्टको छेउमा प्रयोगकर्तालाई उक्त पोस्ट किन देखाइएको हो भनेर कारणहरू दिइनेछ । यो फिचर अहिले बेलायतका केही प्रयोगकर्तामाझ परीक्षणका रूपमा सुरु भएको छ । आगामी मेदेखि विश्वभरका प्रयोगकर्ताका लागि सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

Citizen

प्रकाशित : चैत्र २२, २०७५ १२:११
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

इनबक्स बन्द

कान्तिपुर संवाददाता

काठमाडौँ — चर वर्षअघि सुरु भएको जिमेलको मोबाइल एप इनबक्स बन्द भएको छ  । कम्पनीले यो एप आधिकारिक रूपमा बन्द गरेको घोषणा यसै साता गरेको छ  ।

गुगलले इनबक्स एपका प्रयोगकर्तालाई गत सेप्टेम्बरमै सेवा बन्द हुने घोषणा गर्दै जिमेल एप प्रयोगका लागि आग्रह गरेका छन् । अब पनि इनबक्स एप नै प्रयोग गरिरहेका प्रयोगकर्ताहरू स्वतः जिमेलका प्रयोगकर्ता बन्नेछन् ।


गुगलले इनबक्स एपमा भएका सबै फिचरहरूसहित नयाँ जिमेल एप सार्वजनिक गरेको थियो । केही महिनाअघि मात्रे रिडिजाइन भएको एपमा सेक्रेट इमेल पठाउने, एउटा समयमा पठाएको इमेल कुनै निश्चित समयमा मात्रै जाने गरी समय सेट गर्न मिल्ने खालका नयाँ फिचरहरू समावेश छन् । जिमेलको विश्वभर डेढ अर्ब प्रयोगकर्ता छन् ।

प्रकाशित : चैत्र २२, २०७५ १२:१०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्