एप्पलले छाड्यो एयरपावर

काठमाडौँ — एप्पलले दुई वर्षअघि नयाँ प्रडक्टको घोषणा गरेको थियो  । एयरपावर नाम दिइएको यो वायरलेस चार्जिङ डिभाइस विद्युतीय प्लगमा नजोडी एप्पलका विभिन्न प्रडक्टलाई चार्ज गर्न सक्ने कम्पनीको दाबी थियो  ।

एप्पलले छाड्यो एयरपावर

घोषणा गरेको दुई वर्षपछि कम्पनीले यो प्रडक्ट सार्वजनिक गर्न नसक्ने घोषणा गरेको छ ।


कम्पनीले घोषणा गर्दा एयरपावर विश्वस्तरीय वायरलेस चार्जिङ डिभाइस हुने दाबी गरेको थियो । अहिले भने कम्पनीले आफ्ना इन्जिनियरहरू सोचेको जस्तो डिभाइस बनाउन असफल भएको स्विकारेको छ र यो डिभाइस निर्माण गर्ने योजना नै रद्द गरेको छ । कम्पनीका इन्जिनियरले वायरपावरलाई निश्चित सीमासम्म मात्रै तात्ने बनाउन असफल बनेको जनाइएको छ ।

प्रकाशित : चैत्र २२, २०७५ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?