१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अझै विद्रोही

बिल्ली आइडलका पुराना कन्सर्ट हेर्ने हो भने ती ‘पन्क रक’ खालकै हुन्छन्, जसमा विद्रोही स्वभाव पाइन्छ । उनले दिएका पछिल्ला कन्सर्ट भने फmरक खालका छन् ।
हिमेश

काठमाडौँ —  
ह्वाइट वेडिङ’ को त्यो सुरुआती भाग हामीमध्ये धेरैले सुनेको हुनुपर्छ  । खुबै मीठो छ, यो  ।

अझै विद्रोही

नेपालीमाझ टेलिभिजनको बानी बस्दै गर्दै एउटा चर्चित कार्यक्रमको सुरुआत पनि यही भागबाट हुन्थ्यो । कार्यक्रमले त्यो गीतको भागलाई कत्ति न आफ्नै हो जस्तो गरेर प्रस्तुत गर्थ्यो । धेरैलाई पक्कै के थाहा छैन होला भने त्यो ‘ह्वाइट वेडिङ’ को सुरुआती अंश हो र यो बिल्ली आइडलको सबैभन्दा चर्चित गीतमध्ये एक हो । खासमा यो बिल्ली आइडलको ‘सिग्नेचर ट्युन’ भन्दा पनि केही फरक पर्दैन ।


सन् सत्तरीको अन्त्यतिर एउटा ब्यान्ड स्थापना भएको थियो, लन्डनतिर । यो पन्क रन ब्यान्ड थियो, जेनेरेसन एक्स । यो ब्यान्ड लामो समय टिकेन, तर यसै ब्यान्डलाई श्रेय दिइन्छ, बिल्ली आइडलको उदयका लागि । पन्क रकलाई लोकप्रियताको शिखरमा पुर्‍याउने श्रेय जान्छ, उनलाई । अमेरिकामा ‘ब्रिटिस इन्भेन्सन’ को प्रमुख कारण थियो, द बिल्टल्स । ‘सेकेन्ड ब्रिटिस इन्भेन्सन’ भने बिल्ली आइडल जस्तै गायकको कारण सम्भव भएको थियो ।


त्यो त्यही समय थियो, जति बेला एमटीभी भर्खर लोकप्रिय हुन थालेको थियो । एमटीभीले बिल्ली आइडललाई साथ दियो भने उनले एमटीभीलाई । इंग्ल्यान्डमा खुबै लोकप्रिय भएपछि उनी आफ्नो सोलो करियर सफल पार्न अमेरिका लागे र त्यहींकै भए । त्यति बेला नै हो, उनले न्युयोर्कमा स्टेभन स्टेभेन्स भेटेको । स्टेभेन्स गितारिस्ट हुन् । उनलाई हाकाहाकी बिल्ली आइडलको गितारिस्ट भनिन्छ । लामो समयदेखि उनीहरू सँगसँगै छन्, बिल्ली आइडलका छाया भने पनि हुन्छ, स्टेफेन्सलाई । विलियम माइकल अल्बर्ट ब्रड नाम हो, बिल्ली आइडलको । त्यसलाई सुरुमा उनले बिल्लीमा छोट्याए, त्यसपछि त्यसपछाडि आइडल जोडे र यो सांकेतिक रूपमा उनलाई स्कुलमा जिस्क्याउन नाम हो, आइडल अर्थात् अल्छि । यिनै अल्छी विद्यार्थी पछि उनको त्यो समयको पुस्ताका विद्रोही गायक र गीत लेखक भने ।

त्यसैले ‘बिल्ली आइडल, द रेबेल’ पनि भनिन्छ । आफ्नो समयमा बिल्ली आइडल वास्तवमै विद्रोही थिए, विद्रोही पुस्ताका प्रतीक थिए ।
यो विद्रोही आवाज ‘ह्वाइट वेडिङ’ मा मात्र होइन, ‘ड्यान्सिङ विथ माइसेल्फ’, ‘रेबेल येल’ ‘आइज विथआउथ ए फेस’ र ‘मनी मनी’ मा पनि उत्तिकै पाइन्छ । यी त भए, उनका चर्चित गीत पनि । यी त भए, सबै पुराना कुरा । आजभोलि बिल्ली आइडल ६३ वर्षका भए । पछिल्ला केही दिनयता उनी फेरि चर्चामा छन् । उनी समाचारमा छाएको एउटा पहिलो कारण थियो, केही महिना अगाडि मात्र उनी उनी औपचारिक रूपमा अमेरिकी नागरिक भए ।


चर्चामा रहनुको त्योभन्दा ठूलो कारण भने उनको पछिल्ला केही कन्सर्ट हुन् । बिल्ली आइडलका पुराना कन्सर्ट हेर्ने हो भने ती ‘पन्क रक’ खालकै हुन्छन्, जसमा विद्रोही स्वभाव पाइन्छ । उनले दिएका पछिल्ला कन्सर्ट भने फरक खालका छन् । बिल्ली आइडलको खास प्रशंसक हो भने पनि ‘रेबेल येल’ अन–प्लग्ड पारामा सुन्दा कस्तो हुन्छ, कल्पना गर्न सकिन्छ त ? उत्तर स्पष्ट छ, सकिन्न । तर बिल्ली आइडलले भने त्यसका लागि प्रयास गरेका छन् । उनको पछिल्लो कन्सर्टको नाममै रहेको छ, ‘टर्न अन, टर्न इन, अनप्लग्ड’ । जतिले उनका पछिल्ला यस्तैखाले कन्सर्टमा सहभागी भएका छन्, तिनलाई भने बिल्ली आइडलको नयाँ रूप र शैली मन परेको छ । बिल्ली आइडल र स्टेभेन्स ठ्याक्कै फरक देखिएका छन् । यो फरक स्वभाव मीठो मान्ने धेरै नै निस्के । यी कन्सर्टबारे जति पनि समाचार लेखिएका छन्, सबैको एउटै धारणा छ, बिल्ली आइडलको ‘विद्रोही’ स्वभाव भने अझै कायम छ ।

प्रकाशित : चैत्र २२, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?