गुगल डक्समा सजिलो फिचर

काठमाडौँ — माइक्रोसफ्ट वर्ड, एक्सेल वा स्लाइडमा तयार पारिएको डकुमेन्ट गुगल ड्राइभमा सेयर गर्दा यसको फर्म्याट परिवर्तन हुन्छ, जसले वर्डमा गरेजस्तो सजिलै गुगल डक्समा काम हुन्न  । अब प्रयोगकर्तालाई यो झन्झट नहुने भएको छ  ।

गुगल डक्समा सजिलो फिचर

गुगलले चाँडै आफ्नो डक्स सेवाले माइक्रोसफ्ट वर्ड, एक्सेल र स्लाइडको फर्म्याट सपोर्ट गर्ने फिचर सुरु गर्ने घोषणा गरेको छ । यसको अर्थ प्रयोगकर्ताले सोझै कम्प्युटरका फाइललाई डक्समा अपलोड गरी वर्ड फाइलमै गरेजसरी काम गर्न सक्ने हुनेछ । यो फिचरले एउटा डकुमेन्ट अरूसँग डक्समार्फत सेयर गर्दा पनि वर्ड, एक्सेल वा पावरप्वाइन्टमै काम गरेजस्तो सहज हुनेछ ।

प्रकाशित : वैशाख ६, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?