३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

क्रोममा रिडर मोड

गुगल त्रोममा प्रयोगकर्ताले रिडर मोडको सुविधा पाउने भएका छन्  । अहिले यो फिचर परीक्षणकै क्रममा छ  ।

क्रोममा रिडर मोड

केही प्रयोगकर्ताहरूले क्रोममा रिडर मोड फिचर देखेपछि यो तथ्य बाहिरिएको हो । रिडर मोडले प्रयोगकर्तालाई वेबसाइटमा भएको विभिन्न रङ र विज्ञापनलाई हटाएर पढ्न सजिलो बनाइदिन्छ । लामो र धेरै पढ्नुपर्दा यस्तो फिचर बढी उपयोगी हुन्छ । यो फिचर प्रयोगकर्तामैत्री हुन्छ । सफारीसहितका केही ब्राउजरमा यो पहिलेदेखि नै उपलब्ध फिचर भए पनि क्रोममा भने यो पहिलोपटक यस्तो फिचर आउन लागेको हो । यो अहिलेलाई डेस्कटपमा मात्रै उपलब्ध हुनेछ ।

प्रकाशित : वैशाख १३, २०७६ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?