३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

क्यामेरामा केन्द्रित आइफोन

एप्पलले आइफोन सार्वजनिक गर्नुअघि नै त्यसको विशेषता सार्वजनिक गर्नाले चर्चित छन् मिङ ची कुओ  । आइफोनबारे उनको सबैजसो अनुमान मिल्दै आएको छ  ।

क्यामेरामा केन्द्रित आइफोन

उनैले यसै साता आइफोनबारे नयाँ अनुमान सार्वजनिक गरेका छन् । यो वर्ष दुई मोडलमा आइफोन सार्वजनिक हुँदै छ र दुवै मोडलमा क्यामेरालाई विशेष प्राथमिकता दिइने भएको छ ।


अब आउने आइफोनको पछाडि तीनवटा क्यामेरा हुने र सेल्फी क्यामेराको गुणस्तर पनि सुधारिने उनको अनुमान छ । हरेक मोडलमा नयाँ आविष्कार समावेश गरेको दाबी गर्ने आइफोनका लागि यसो गर्नु सुखद अनुभव भने हुने छैन । अहिले बजारमा महँगा फोनहरूमा दुईभन्दा बढी क्यामेरा छन् । महँगा अधिकांश फोनहरू क्यामेरा फिचरमै केन्द्रित भएका छन् । आइफोनले पनि आफ्नो नयाँ मोडललाई क्यामेरामा केन्द्रित गर्नु आइफोन पनि प्रयोगकर्ता आकर्षित गर्न अरू कम्पनीको बाटोमा हिँडेको संकेत हो ।

प्रकाशित : वैशाख १३, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?