कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वान प्लस सेभेनमा फाइभजी

वान प्लसको आगामी संस्करणमा फाइभजी सपोर्ट गर्ने सुविधा हुने भएको छ  । साथै, यसमा डिस्प्ले पहिलेभन्दा अत्यधिक सुधार गरिएको हुने कम्पनीको दाबी छ  ।

वान प्लस सेभेनमा फाइभजी

फाइभजी सपोर्ट गर्ने फिचर भए पनि यो वर्ष केही सीमित सहरमा परीक्षण हुने फाइभजी प्रविधि प्रयोगका लागि परिपक्व भइसक्ने छैन ।


अहिले वान प्लसको पछिल्लो मोडल सिक्स टी बजारमा छ । आगामी फोनको नाम भने वान प्लस सेभेन र सेभेन प्रो रहने कम्पनीले जनाएको छ । दुवै फोन यसै वर्ष सार्वजनिक हुनेछ । बजारमा यसले सामसुङको एस टेन, हुवावेको पी थर्टी प्रो र आइफोन एक्सएसजस्ता महँगा फोनहरूसँग प्रतिस्पर्धा गर्नेछ । तर, यसको मूल्य पनि यिनै फोनको हाराहारीमा हुने अनुमान छ । वान प्लसको आगामी फोनमा स्क्रिनमै फिंगरप्रिन्ट सेन्सर र सेल्फी क्यामेरा रहनेछ ।

प्रकाशित : वैशाख १३, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?