कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नोम्पेहमा नेपाली ब्याण्ड

कम्बोडियाको राजधानी नोम्पेहमा फिलिपिनो वा स्थानीय ॅखमेर’ भाषा बोल्नेका गीत–संगीत चलनचल्तीमा छन् ।'सम्सारा' ब्यान्डले श्रोता फर्माइसअनुसार नेपाली–हिन्दीसमेत गाउने गरेको छ ।

सन् ८० दशकको सुरुवातसम्म त्रासदीको नाम बनेको दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाको तात्कालिक खमेरुज शासनको स्मरण गर्न पनि धेरैले चाहँदैनन्  ।

नोम्पेहमा नेपाली ब्याण्ड

झन्डै ५ वर्षे समय अन्तरमा १६ लाख बढी सर्वसाधारण मारिएको जनसंहारको त्यो इतिहास हेर्ने हो भने यति छिट्टै कम्बोडिया, यसको राजधानी नोम्पेह कसरी कला, संस्कृति र सभ्यताको थलो बनिँदै छ भन्ने कथानक आफैंमा रमाइलो छ ।


अझ मेकङ र टन्लेस्यप नदीको काखमा बसेको राजधानी नोम्पेह त दिनहुँ पर्यकटीय आकर्षणको थलो बन्दैछ । नोम्पेहका स्थायी बासिन्दा आँकडामा १५ लाख देखिन्छ, तर झन्डै यति नै संख्यामा पर्यटकहरू यो सुन्दर राजधानी घुम्न बर्सेनि आइपुग्ने गरेका छन् । रेस्टुराँ, खानपिन र रमझमको दुनियाँ आफ्नै बनेको नोम्पेनमा ।
यो भीडमाझ नोम्पेन रिभरसाइडमा एक वर्षअघि खुलेको स्टेज म्युजिक लाउन्ज बारको विशेषता अलिक भिन्न देखिन्छ । झन्डै डेढ दशकयता कम्बोडियामा बसोबास गर्दै आएका तनहुँका शिवराज पराजुली र पोखराका योगेन्द्र श्रेष्ठ मिलेर एक वर्षअघि नोम्पेहमा खोलेको काठमाडौं किचेनसँगै जोडिएको छ– म्युजिक लाउन्ज बार र इन्डिगो रेस्टुरेन्ट । कम्बोडियामा क्यासिनो, रेस्टुराँ तथा अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत ३ सय जति नेपाली छन् ।


मःम एन्ड म्युजिक
काठमाडौं किचनका प्रबन्धक पराजुलीका अनुसार, नेपाली स्वादको दालभात वा मःम खान रुचाउने पर्यटकहरू घुमिफिरी काठमाडौं किचेनमा आइपुग्छन् । साँझको रमाइलोमा भने नेपाली, हिन्दी र अंग्रेजी गीतका फ्यान–फलोवरहरू स्टेज म्युजिक लाउन्ज बारमा ठोकिन आइपुग्छन् ।
‘यो विदेशी भूमिमा ‘कन्ट्री रोड टेक मी होम’ टाइपका गीतहरूको फर्माइस गर्ने निकै आगन्तुक हुन्छन्, नेपालीमा पनि लोकदेखि रकसम्म चाहनेहरू उत्तिकै हुन्छन्,’ म्युजिक लाउन्ज बारमा गानाबजानामा मस्त रहँदै आएका ‘सम्सारा’ ब्यान्डका गायक एवं रिदम–गितार वादक अनुप तिमिल्सिना भन्छन्, ‘हामी झन्डै ८ महिनायता हरेक साँझ ८ बजेदेखि मध्यरातसम्मै सांगीतिक माहोलमै रमिरहेका हुन्छौं ।’ ‘सम्सारा’ ब्यान्डमा भोकल तथा वादन सहयोगीका रूपमा अमरमान महर्जन व्यस्त छन् ।


काठमाडौं छँदा अनुप बी फार्मेसी पढाइ सकेर एक फार्मेसीमा काम गरिरहेका थिए, एकैसाथ झम्सिखेलका दुई रेस्टुरेन्टमा म्युजिक ब्यान्ड पनि चलाइरहेका थिए । अमर भने ई–सेवाको व्यवसायमा थिए । दुवै अविवाहित युवाले म्युजिकको बाहिरी दुनियाँ विचरण गर्न चाहेका रहेछन् । ‘सानो खोलाबाट ठूलो समुद्रमा आएजस्तै भयो,’ कम्बोडिया म्युजिकल इभेन्ट चलाउने ‘अफर’ आएपछि नोम्पेह पुगेका अनुप र अमरले फोनमा भने, ‘आफ्नो सीप र दक्षताकै भरमा काम देखाउन पाइने र चित्त बुझ्दो पैसा पनि पाइने भएपछि एकवर्षे सम्झौतामा यता
आएका हौं ।’


अनुपका अनुसार, नोम्पेह सहरमा अरू पनि थुप्रै नेपाली लगानीकर्ताका रेस्टुराँ छन् । म्युजिक ब्यान्ड पनि उत्तिकै छन् । तर, फिलिपिनो वा स्थानीय ‘खमेर’ भाषा बोल्नेका लागि गीत–संगीत चलनचल्तीमा छन् । ‘सम्सारा’ ब्यान्डले श्रोता फर्माइसअनुसार नेपाली–हिन्दीसमेत गाउने गरेको छ । ‘हामी परदेशबाट आएका केटाहरू आधुनिक शैलीको म्युजिकमा रमाउने भएकाले हाम्रा श्रोताहरू पनि युवा उमेरकै छन्,’ अनुप भन्छन्, ‘म्युजिक, ट्राभल, फन र फुड मन पराउने फिरन्ता खालका केटाकेटीहरू पनि यहाँ उत्तिकै आउँछन् । केटाभन्दा केटीहरू बढी रमाइरहेका भेटिन्छन् ।’

प्रकाशित : वैशाख १३, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?